Logo ८ श्रावण २०७८, शुक्रबार


सन्दीपले बलिङ गर्नुअघि नै रिसवले ‘यो त उसै चौका हो’ भनेपछि…

काठमाडौं । शनिबार राती भएको दिल्ली क्यापिटल्स र कोलकत्ता नाइटराइडर्सको खेल एकपटक फेरि चर्चामा आएको छ । म्याच टाइ भएपछि सुपर ओभरमा गएको खेल एकपटक फेरि म्याच फिक्सिङ भएको भन्दै चर्चामा आएको हो ।

के को पुरा घटना ?
दिल्लीको लागि चौथो ओभर नेपालका सन्दीप लामिछानेले बलिङ गरिरहेका थिए । चौथो ओभरको पाचौँ बल सन्दीपले बलिङ गर्न लागेका थिए । त्यहि समयमा विकेटकिपर बसेका दिल्लीका रिसव वन्तले ‘यो त उसै पनि चौका हो’ भनेका छन् । रिसवले सन्दीपले बलिङ गर्नुभन्दा पहिले नै रिसवले यस्तो भनेका हुन् । रिसवको भनाइलगत्तै बलिङ गरेका सन्दीप लामिछानेको बलमा नयाँ ब्याट्सम्यान रबिन उथप्पाले प्रहार गरेको बल कभरको दिशामा चौका हुनपुग्छ ।

के भन्यो बीसीसीआइले ?
यसरी चौका आएपछि अहिले उक्त भिडियोलाई ट्वीटरमा भाइरल बनाएर उक्त म्याच फिक्सिङ भएको बताइएको छ । सामाजिक सञ्जालमा म्याच फिक्सिङ भएको बताएका पनि भारतको क्रिकेट बोर्ड बीसीसीआईले भने यस घटनालाई अफवाह भनेको छ । बीसीसीआईका अधिकारीले भने, ‘रिसव पन्तले त्यो भन्दा अगाडी के बोले भन्नेबारे स्टम्प माइकमा केहि पनि सुनिएको छैन, त्यसैले रिसव कप्तान श्रेयर अय्यरसँग साइडमा फिल्डर बढाउने कुरा गरिरहेका थिए, जबकी चौका बचाउन सकियोस् ।’

उता आइपीएलका पूर्वप्रमुख ललित मोदीले ट्वीटरमा म्याच फिक्सिङ भएको हुनसक्ने बताएका आशंका व्यक्त गरेका छन् ।

उनले रिसव पन्तको एक भिडियो आफ्नो ट्वीटरमा सार्वजनिक गर्दै म्याच फिक्सिङ भएको दाबी गरेका हुन् । हेरौँ भिडियोः

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…