Logo बैशाख २, २०७८ बिहीबार


पूर्वीतराईमा आज पनि हावाहुरी चल्ने


काठमाडौं । पूर्वीतराईमा सोमबार पनि हावाहुरीसहित वर्षा हुने अनुमान गरिएको छ । भारतको मौसम पूर्वानुमान निकायले बिहारमा आज पनि तीब्र गतिमा हावाहुरी चल्ने अनुमान गरेको बिबिसीले उल्लेख गरेको छ । त्यसको असर नेपालको पूर्वी तराईमा समेत पर्ने मौसम पूर्वानुमान न निकायले जनाएको छ ।

भारतको मौसम पूर्वानुमान निकायले आइतबार पश्चिम बंगाल राज्य तथा बिहार नेपालको तराईमा प्रतिघण्टा ४० देखि ५० किलोमिटरको गतिमा हावा चल्न सक्ने अनुमान गरेका्े थियो । मौसम पूर्वअनुमान निकायले भने जस्तै बारा र पर्सामा आइतबार भीषण हावाहुरी आयो । हावाहरीबाट ठूलो धनजनको क्षति भएको छ । हावाहुरीबाट मर्नेको संख्या सोमबार दिउँसोसम्म ३२ पुगेको छ । हावाहुरीबाट ४ सय भन्दा वढीबाट घाइते भएका छन् ।

मौसमविद्हरू चैतदेखि जेठसम्मको समय नेपालमा प्रिमन्सुन गतिविधि हुने बताउँछन्। त्यसैले अपराह्नपछि जुनसुकै बेला हावाहुरी लाग्ने सम्भावना हुन्छ।

मौसम पूर्वानुमान महाशाखाले नेपालका मध्य तथा पूर्वी क्षेत्रका अधिकांश स्थानमा
आइतबार मेघ गर्जनसहित वर्षा गराउने बादल विकसित भएको र त्यो पूर्वतिर सरिरहेको जनाएको थियो। तर यति ठूलो क्षति पुर्‍याउन सक्नेगरी हावाहुरी आउने अनुमान आफूहरूले नगरेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्यालले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…