Logo ८ श्रावण २०७८, शुक्रबार


राष्ट्रियसभा अध्यक्षद्वारा दुःख व्यक्त


काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बारा,पर्सा लगायत तराईका विभिन्न जिल्लामा आइतबार साँझ हावाहुरीले भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

‘अचानक आएको आँधीबेहरीको घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु’ उहाँले सोमबार वतव्यमार्फत भन्नुभएको छ, ‘ शोकाकुल परिवार तथा आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’


अध्यक्ष तिमिल्सिनाले घाइतेको निशुल्क उपचार तथा हावाहुरीबाट घरबारविहीन भएकाहरूकाे बसाेबास व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभएकाे छ ।

‘साथै आँधीबेहरीका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको निशुल्क उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गर्दछु’ वक्तव्यमा उल्लेख छ, ‘त्यसैगरी पीडितको छिटो उद्दार, मृतकका परिवार तथा आँधीबेहरीबाट घरबार बिहिन परिवारहरुमा उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई आग्रह गर्दछु। आगामी दिनमा यस्ता दुखद घटना हुन नदिन आवश्यक सजकता अपनाउन सम्बन्धित निकायको ध्यानकार्षण गराउन चाहन्छु।’

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…