Logo बैशाख ५, २०७८ आइतबार


कोरिया जान १० हजार कोटामा ९२ हजारको आवेदन

काठमाडौं । सन् २०१९ मा दक्षिण कोरिया जान १० हजार ५० जनाको कोटामा ९२ हजारको आवेदन परेको छ ।

कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुलापन क्षेत्रमा १० हजार ५० नेपाली कामदार लैजाने निर्णय छ । त्यसको भाषा परीक्षाका लागि आवेदन खुलेको छ । भाषा परीक्षाको लागि माग भन्दा ९ गुणा बढी निदेदन परेको हो । सन् २०१९ को प्रथम चरणको कोरियाली भाषा परीक्षामा सहभागी हुन आइतबार १२ बजेसम्म ९२ हजार ३७६ जनाले आवेदन फारम भरेका छन् ।

उत्पादनमूकलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८८९ ले आवेदन फारम भरेका इपिएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षाको आवेदन चैत ८ गते राति १२ बजेदेखि खुल्ला गरिएको थियो । कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रका लागि ७ हजार ५० र पशुपालनतर्फ ३ हजार कामदार लैजाने छ ।

सन् २०१८ को भाषा परीक्षाका लागि ८२ हजार २६४ ले आवेदन फारम भरेका थिए । सन् २०१७ मा ६८ हजार ३८३ र सन् २०१६ मा ६० हजार ६२६ जनाले भाषा परीक्षामा सहभागिता जनाएका थिए । सन् २०१५ मा ५१ हजार १३७, सन् २०१४ मा ५८ हजार ७४६, सन् २०१३ मा ४४ हजार १२२ ले कोरियाली भाषा परीक्षामा सहभागी भएका थिए ।

कोरिया सरकारले इपिएसअन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । दुई सरकारकाबीचमा स्थापना गरिएको सरकारी संयन्त्रबाटै नेपाली दक्षिण कोरिया जाँदै आएका छन् । कामदार कोरिया पठाउने सम्बन्धमा मेनपावर व्यवसायीको कुनै संलग्नता स्वीकार नगरिएकाले नेपाली कामदार ठगिनेदेखि भनेअनुसारको काम र पारिश्रमिक नपाउने अवस्था छैन ।

कामदारले आफूले फाराम भर्दाकै क्रममा उल्लेख गरेका क्षेत्रमा रोजगारीका अवसर प्राप्त गर्नेछन् भने कोरिया सरकारले तोकेको श्रमिकका न्यूनतम् पारिश्रमिक पाउँदै आएका छन् । एक दशकको अवधिमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा चार लाख ८३ हजार ४९ जनाले सहभागिता जनाएको छन् । सन् २०१८ मा भाषा परीक्षा उतीर्ण गर्ने सात हजार ९९६ जना कोरिया गइसकेका छन् । हालसम्म कोरियामा ५८ हजार ७०९ नेपालीले रोजगारीको अवसर प्राप्त गरेका इपिएस शाखाले जनाएको छ ।

विवरण सच्याउन सकिने

आवेदन फारममा कुनै त्रुटी भए यहीँ चैत २२ गतेसम्म सच्याउन सकिने शाखाले जनाएको छ । फारममा कुनै त्रुटी भए सच्याउने व्यवस्था मिलाइएको निर्देशक कृष्णप्रसाद खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।