Logo ८ श्रावण २०७८, शुक्रबार


प्रधानमन्त्री आँधी प्रभावित क्षेत्रमा

अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी, राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन

बारा । प्रधानमन्त्री केपी ओली सोमबार हावाहुरी प्रभावित क्षेत्रमा पुग्नु भएको छ । दुई दिनेको लागि आइतबार झापा र मोरङतर्फ जानु भएका प्रधानमन्त्री बारा र पर्सामा हावाहुरीले धनजनको ठूलो क्षति पुर्याएपछि त्यहाँको भ्रमण स्थगित गरी यता आउनु भएको हो ।

प्रधानमन्त्री झापाको भद्रपुर विमानस्थलबाट नेपाली सेनाको एनए ०४१ नम्बरको स्काइट्रकमा आउनु भएको हाे ।

प्रधानमन्त्रीले राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन दिनुभएको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्रीले कलैया अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्रीलाई बारा प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाका बारे जानकारी दिनुभएको थियो ।

प्रधानमन्त्रीसँग उपप्रधानमन्त्री तथा स्वास्थ्य एवं जनसंख्यामन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा पनि हावाहुरी प्रभावित क्षेत्र आउनु भएको छ ।


गृहमन्त्री थापाले हावाहुरीबाट अहिलेसम्म २७ जनाको मृत्यु र सात सय बढी घाइते भएको जानकारी दिनुभयो । मन्त्री थापाले घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…