Logo बैशाख ६, २०७८ सोमबार


बारा, पर्सा विपत्तिः ज्यान गुमाउनेहरु नामावलीसहित

काठमाडौ । तराईका जिल्ला बारा र पर्सामा आइतबार साँझको हावाहुरीका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय आपतकालीन परिचालन केन्द्रका अनुसार दुई जिल्लामा गरी मृत्यु हुनेको संख्या सोमबार २७ जना पुगेको छ । मृत्यु हुनेमा १२ पुरुष, १० महिला र ५ बालबालिका रहेका छन् ।

बारामा २६ जना र पर्सामा १ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । हावाहुरीमा परी ६ सय १२ जना घाइते भएका छन् । घाइतेमध्ये २ सय ७० उपचारपछि घर फर्किएका छन् । नारायणी क्षेत्रीय अस्पतालमा १ सय १६ जना, नेशनल मेडिकल कलेज वीरगञ्जमा सय जना, वीरगञ्ज हेल्थ केयर, तराई अस्पताल वीरगञ्जलगायत अस्पतालमा उपचार भइरहेको छ ।

बारा जिल्लाका मृतकहरुको नामावलीः
१ हरि नारायण दास
२ मनोरमा देवि
३ रुनि देवी
४ अक्षयलाल माझि
५ नन्द पटेल
६ रुवि खातुन
७ गंढिमा देवी
८ हित लाल सहनी
९ भारत मोतिहारी

१० विविमा खातुन
११ मिना खातुन
१२ नोक्सारा मिया
१३. राम माझि
१४. सुरझ माझि
१५. राजेश मुखिया
१६.अवधेस पासवान
१७. राधे लोडी
१८.तरिफा खातुन
१९. अलिसा खातुन
२०.सकिया खातुन
२१. सम्सिधा खातुन
२२. कोइरि देवि
२३. श्रिप्रसाद यादव
२४. सबनम खातुन
२५. सनाखत हुन बाँकी
२६. सनाखत हुन बाँक

२७. सरोज राम

प्रतिक्रिया दिनुहोस्
विशेष

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।

धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर तथा ४८ फिटको बेश…