Logo ८ श्रावण २०७८, शुक्रबार


प्रधानमन्त्री ओली कलैया अस्पतालमा

वीरगञ्ज । प्रधामन्त्री केपी शर्मा ओलीले आइतबार साँझ आएको हावाहुरीबाट घाइते भई कलैया अस्पतालमा उपचाररत बारा जिल्लाका पीडितसँग भेटघाट गर्नुभएको छ । उहाँसँगै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा पनि हुनुहुन्थ्यो ।

अस्पातालमा उपचार गराइरहेका ४९ जनाको घाइते अवस्था बुझी प्रधानमन्त्री ओलीले घाइतेको यथाशीघ्र भरपर्दो उपचार व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीलाई अस्पतालका डा सचेन्द्रकुमार यादवले उपचार गराइरहेका घाइतेको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

आइतबार साँझ साढे ७ बजेतिर आएको हुरीबतासबाट सबैभन्दा बढी बारा जिल्लामा धनजनको क्षति भएको छ । बारामा मृतकको सङ्ख्या २८ पुगेको तथा पर्सामा एक जनाको मृत्यु भएको सम्बन्धित जिल्ला प्रहरी कार्यालयले जनाएका छन् । अहिलेसम्म क्षतिको पूर्ण विवरण आउन नसके पनि घाइतेको सङ्ख्या बढ्न सक्ने सुरक्षा निकायले अनुमान गरेको छ ।

प्रधानमन्त्रीको उक्त टोली पर्साको वीरगञ्जस्थित नारायणी उपक्षत्रीय अस्पतालमा उपचार गराइरहेका घाइतेको अवस्था बुझ्न त्यसतर्फ प्रस्थान गरेको छ । यसअघि गृह सचिव प्रेमकुृमार राईले हावाहुरीबाट व्यापक जनधनको क्षति भएको बारा जिल्लाको फेटा गाउँपालिका–७ पुरैनिया गाउँको स्थलगत निरीक्षण गर्नुभएको थियो ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलगायत प्रदेशका मन्त्रीले पनि सो ठाउँको निरीक्षण गर्नुभएको थियो । कलैया अस्पतालमा उपचार गराइरहेका घाइतेको अवस्था नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिसमेतले बुझी घाइतेको उपचारमा राज्यले कुनै कसर बाँकी राख्न हुँदैन भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…