बारा, पर्सा विपत्तिमा अनेरास्ववीयूद्वारा दुःख व्यक्त

काठमाडौं । बारा र पर्सामा आइतबार आएको आँधीबेहरीले भएको धनजनको क्षतिप्रति अनेरास्वीयू र अनेरास्ववीयू क्रान्तिकारीले दुःख व्यक्त गरेको छ ।
अकस्मात आएको हावाहुरीले ठूलो विपत्ति निम्तेको भन्दै दुवै संगठनले रहात र उद्दारमा सक्रिय हुन सबैलाई आग्रह गरेका छन् ।
दुवै संगठनको नेतृत्वमा घटनास्थलमा चिकित्सकको टोली खटाउने तयारी गरिएको छ । सरकारलाई घटनाका घाइतेलाई उचित राहत र उपचार गर्न समेत भनिएको छ ।