Logo बैशाख ३, २०७८ शुक्रबार


छोराको कुटाईले बाबुको मृत्यु

बसन्त लिम्बू
ताप्लेजुङ ।
फुङलिङ नगरपालिका–९ बुङकुलुङका एक युवकले आफ्नै बुवाको हत्या गरेका छन् । सोही ठाउँका ३२ वर्षीय गजेन्द्र गुरुङको कुटपिटबाट उनकै बाबुको ज्यान गएको हो ।

कुटपिटबाट घाइते भएका बाबु दलबहादुर गुरुङको उपचारको लागि झापा लैजाने क्रममा बाटैमा आइतबार मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार चैत्र १६ गते बेलुका घरायसी विवाद भएपछि आफ्नै भान्साघरभित्र गजेन्द्रले बाबुलाई निर्घात कुट्नुका साथै धारिलो हतियार प्रहार गरी सख्त घाईते बनाएका थिए ।

घटनापछि गजेन्द्रलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको प्रहरी प्रमुख डिएसपी संञ्जयसिंह थापाले बताउनुभयो । मृतकको शव सोमबार जिल्ला अस्पतालमा पोष्टमार्टम पश्चात आफन्तलाई जिम्मा लगाइएको थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…