Logo ८ श्रावण २०७८, शुक्रबार


अनिश्चितकालिन विमान सेवा बन्द

विद्यानन्द राम
राजविराज ।
झण्डै ६ दशकदेखि बन्द रहेको सप्तरीको राजविराज विमानस्थल सञ्चालनमा आएको १० महिना नबित्दै पुनः अनिश्चितकालका लागि विमान सेवा बन्द भएको छ ।

गत असार १० गतेदेखि नियमित विमान सेवा थालिएको विमानस्थलमा शुरुमा साताको ५ दिन विमानले उडान भर्दै आएका थिए । पछि प्राविधिक त्रुटि देखाउँदै केहि महिनादेखि ३ दिन उडान भर्दै आएको श्री एयरलाइन्सले आज (सोमवार)देखि अनिश्चितकालिन उडान सेवा बन्द गरेको हो । सुचना बिना नै एयरलाइन्स कम्पनीले विमान सेवा बन्द गरेको राजविराज नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

प्रमुख भिमदत्त पन्तले विमान नआएपछि कम्पनीसँग बुझ्दा विमानको ईन्जिन मर्मतको कार्य शुरु गरिएकोले विमान सेवा बन्द भएको प्रतिक्रिया पाएको जानकारी दिनुभयो । मर्मत कार्य सकिएलगत्तै पुनः विमान सेवा सुरु गरिने कम्पनीबाट जवाफ पाएपनि कहिलेबाट उडान भर्ने बारे यकिन नरहेकोे प्रमुख पन्तले बताउनुभयो ।

स्मरण रहोस्, केहि साताअघि मात्रै कार्यालयले विमानस्थलको पूर्वतर्फ रहेको ९० फिटको अग्लो ४ वटा चिम्नीका कारण विमान उडानमा गम्भिर समस्या भइरहेको खुलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…