स्तब्ध बाराः धुर्मुसको यस्तो सहयोग

काठमाडौं । बारा जिल्लाका आँधी प्रभावित ४ सय परिवारका लागि धुर्मुस सुन्तली फाउण्डेशनले चामल, त्रिपाल र चाउचाउ वितरण गरेको छ ।
फाउण्डेसनले अति प्रभावित फेटा गाउँपालिकाका अध्यक्ष अमिरिलाल प्रसाद साहलगायत प्रतिनिधिको रोहवरमा सामाग्री हस्तान्तरण गरेको छ ।
सिताराम कट्टेल धुर्मुसले सामाजिक सञ्जालमार्फत् सो कुराको जानकारी दिनुभएको छ । पछिल्लो समय धुर्मुस सुन्तली फाउण्डेशन सामाजिक कार्यमा क्रियाशील रहँदै आएको छ ।