Logo ८ श्रावण २०७८, शुक्रबार


हुरीले लग्यो एकै परिवारका चार सदस्य


काठमाडौं । भत्किएका घरका सामान असरल्ल छन् । भान्साका सामग्री छरपस्ट छन् । घरको भग्नावशेषमा सामान भेटिने छाँट छैन् । आइतबारको भीषण हुन्डरीमा परिवारका सातमध्ये चार सदस्य गुमाउने फेटाका ७० वर्षीय इजहार अन्सारी नयाँ मान्छे भेट्नेबित्तिकै बिलौना गर्छन् । उनी एक्लै बर्बराइरहन्छन् ।

‘अचानक आएको भीषण हावाहुरीले उत्पात मच्चायो, मेरो परिवारका चारजनालाई एकै चिहान बनायो, यो पीडामा कसरी सम्हालिनु, मलाई थाहा छैन,’ भक्कानिँदै इजहारले भने ।

हुन्डरीले भत्काएको घरले थिचेर हजहारकी पत्नी ६० वर्षीया मीना, ३५ वर्षीया बुहारी सकिमा, नातिनीहरु १२ वर्षीया सम्सिदा र १० वर्षीया रोक्सारको मृत्यु भयो । ४० वर्षीय छोरा हैदर अली भन्ने साहुबुद्दिन अन्सारी गम्भीर घाइते भएका छन् । समाचार नागरिक दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…