Logo बैशाख २, २०७८ बिहीबार


आइपीएल : जित्याे पञ्जाब, सन्दीपले लिए दुई विकेट

काठमाडौं । इंडियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत सोमबार सम्पन्न खेलमा किंग्स इलावेन पञ्जाबले राेमाञ्चक जित दर्ता गरेको छ । इंग्ल्याण्डका अलराउण्डर खेलाडी शाम कुरणको दमदार खेलले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्यो ।

पञ्जाबको मोहालीमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १ सय ६६ रन बनाएको थियो । पञ्जाबका लागि लोकेश राहुल १५, शाम कुरण २०, सरफराज खान ३९, डेभिड मिलर ४३, मन्दीप सिंह २९ नटआउटबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले ४ बल बाँकी छँदै सबै विकेट गुमाएर १ सय ५२ रनमा समेटियो । दिल्लीका लागि शिखर धवन ३०, श्रेयर अय्यर २८, रिवि पन्त ३९ र कोलिन इन्ग्रमले ३८ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सन्दीपको बलिङः
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सोमबारको खेलमा पनि राम्रो प्रस्तुती दिए । उनले आफ्नो पहिलो ओभरमा पञ्जाबका शाम कणलाई लेगबाइमार्फत आउट गरेका थिए भने व्यक्तिगत चौथो ओभरमा सरफराज खानको रुपमा अर्को विकेट हात पारे । ४ ओभर बलिङ गरेका सन्दीपले २ विकेट लिएर २७ रन खर्चिए ।

म्यान अफ द म्याच
खेलमा २ दशमलव २ ओभरमा ४ विकेट लिएर ह्याट्रिक समेत बनाएका शाम करण म्यान अफ द म्याच भए । पञ्जाबका लागि ओपनरको रुपमा आएका कुरणले १० बलमा २० रनको योगदान समेत गरेका थिए ।

आजको खेल
प्रतियोगिता अन्तर्गत आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार राती सवा ८ बजे राजस्थानको सवाइ मानसिंह स्टेडियममा हुनेछ । अहिलेसम्म तीन खेल खेलेका दुवै टीमले एकमा पनि जित निकाल्न सकेका छैनन् । बैंग्लोर अंकतालिकामा पुच्छारबाट पहिलो स्थानमा रहँदा राजस्थान पुच्छारबाटै दोश्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।