Logo बैशाख २, २०७८ बिहीबार


हेलो हजुर म गोकर्ण विष्ट बोल्दै छु भनेपछि…

काठमाडौं । सरकारले श्रम तथा रोजगार क्षेत्रसँग सम्बन्धित गुनासोलाई तत्काल सम्बोधन गर्न हिजोदेखि ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ।

वैदेशिक रोजगार बोर्ड सचिवालयको व्यवस्थापनमा सिंहदरबारस्थित श्रम मन्त्रालयमा सञ्चालनमा ल्याइएको उक्त सेन्टरबाट असल श्रम सम्बन्ध, आन्तरिक तथा वैदेशिक रोजगार र सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित सेवाग्राही एवं सरोकारवालाका समस्या, जिज्ञासा, गुनासा र सुझावलाई प्रत्यक्ष सङ्कलन र सम्बोधन गरिनेछ।

सो सेन्टरको सञ्चालनबाट मन्त्रालयअन्तर्गतका निकायको कार्यक्षेत्रसँग सम्बन्धित आधिकारिक सूचनाको तत्काल प्रवाह हुने तथा सेवाग्राहीका समस्याको शीघ्र सम्बोधन हुने विश्वास गरिएको छ। उक्त कल सेन्टरको सोमवार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले शुभारम्भ गर्नुभयो ।

सो अवसरमा मन्त्री विष्टले गुनासोको प्रकृति हेरेर सम्बोधनका लागि सम्बन्धित निकायमा पठाइने उल्लेख गर्दै गुनासोका संवेदनशीलता हेरेर तत्काल समाधान खोजिने बताउनुभयो ।

सेन्टरमार्फत मन्त्रालयले मुख्य गरी वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय, प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कोषका साथै मन्त्रालय मातहतका अन्य निकायबाट भइरहेका काम कारवाहीबारे जिज्ञासा राख्ने, सरोकारवालालाई जानकारी दिने र गुनासाको सुनुवाइ गरी तत्काल समस्या समाधानको पहल गरिने मन्त्री विष्टले जानकारी दिनुभयो ।

उहाँले वैदेशिक रोजगारीमा ठगीलगायतको समस्यामा परी न्यायको खोजीमा रहेका, विदेशमा अलपत्र परेका वा स्वास्थ्य समस्या भई घर फर्कन चाहने, मृत्यु भएका र अलपत्र परेका नेपाली कामदारको शव नेपाल ल्याउन नसकी समस्यामा परेका, झुठो मुद्दामा परी जेल सजाय भोगिरहेका कामदारलाई निःशुल्क कानूनी सहायताको आवश्यकता रहेका व्यक्तिले सेन्टरमा फोन गरी सहायताका लागि अनुरोध गर्न सक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।