Nic

आईपीएलमा सन्दीप, दुई खेलमा तीन विकेट (११ तस्बिर)

काठमाडौं । विश्वको सबैभन्दा महंगो लिग इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अहिले जारी छ । भारतका विभिन्न शहरहरुमा भइरहेको खेलमा नेपालका तर्फबाट नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि सहभागी छ ।

२०१८ बाट आईपीएलमा डेब्यु गरेका सन्दीपले अहिले पनि दिल्ली क्यापिटल्सबाट खेलिरहेका छन् । उनलाई तीन वर्षका लागि दिल्लीले २० लाख भारतीय रुपैयाँ प्रतिवर्षमा अनुबन्धित गरेको छ । २०१८ मा अन्तिम तीन खेलमा मात्र मौका पाएका सन्दीपले यो पटक भने तेश्रो र चौथो खेलमा खेल्न पाएका छन् ।

तेश्रो र चौथो खेलमा सन्दीपको प्रस्तुती एकदमै राम्रो छ । कोलकत्ताविरुद्ध पहिलो खेल खेलेका सन्दीपले त्यसमा १ विकेट लिएका थिए भने सोमबार भएको पञ्जाबविरुद्धको खेलमा २ विकेट लिए । सन्दीपले आफ्नो पहिलो ओभरमा पञ्जाबका शाम करणलाई लेगबाइमार्फत आउट गरेका थिए भने व्यक्तिगत चौथो ओभरमा सरफराज खानलाई पेभेलियन फर्काए । ४ ओभर बलिङ गरेका सन्दीपले २ विकेट लिएर २७ रन खर्चिए ।

पहिलो खेलमा सन्दीपले गरेको बलिङका कारण प्रभावित बनेको दिल्लीले उनलाई दोश्रो खेलमा पनि मौका दियो । दोश्रो खेलमा पनिक कमाल गरेका सन्दीपले तेश्रो खेलमा भने मौका पाउछन् वा पाउँदैनन् ? त्यो भने समयले बताउँदै जाला । तर अधिकांश क्रिकेट विश्लेषकहरुले सन्दीप टीममा पर्नुपर्ने बताउँदै आएका छन् । दिल्लीले अब बिहीबार राती सवा ८ बजे घरेलु मैदान फिरोज शाह कोटल क्रिकेट स्टेडियममा सनराइजर्स हैदराबादविरुद्ध खेल्दैछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शिकारीको नजरबाट मुक्त आइल्याण्डमा चुनौती नभएकोले ‘ह्वाइट थ्रोटेड रेल’ चराको प्रजाति फैलिँदैछ ।

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।