Nic

सन्दीप बने विश्वकै सर्वाधिक विकेट लिने स्पिनर

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न व्यस्त छन् । लगातार सफलता हात पार्दै आएका सन्दीप सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् ।

इन्डियन प्रिमियर लिग अन्तरगत सोमबार राति भएको १३ औं खेलमा किंग्स इलाभेन पन्जावसँग ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिएसँगै सन्दीपले यो सफलता हात पारेका हुन् । सन्दीपले सन् २०१९ मा २७ विकेट लिई सकेका छन् ।

सन्दीपले पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बंगलादेशका सकिब अल हसनलाई पछि पारेका हुन् । सन् २०१९ मा अफ्रिदीले २६, राशिद २५ र सकिबले २४ विकेट लिएका छन् ।

कसरी पुग्यो २७ विकेट ?
सन्दीपले बंगलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सर्सबाट खेल्दै ६ खेलमा ४ विकेट लिएका थिए । त्यसपछि यूएसँगको ३ टी २० सिरिजमा ५ विकेट लिन सफल भएका थिए । सन्दीप यूएईसँगको सिरिजपछि पुन बिग ब्यास खेल्न जादै मेलवर्न स्टार्सबाट ३ विकेट लिए ।

बंगलादेश प्रिमियर लिग खेल्न जानु अघि ४ खेलमा ८ विकेट लिएका थिए ।जस मध्य एक विकेट सन् २०१९ मा थियो । पाकिस्तान सुपर लिगमा सन्दीपले ११ विकेट लिए । जारी आईपीएलमा सुरुवाती २ खेलमा ३ विकेट लिएपछि २७ विकेट पुगेको हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो ।