Nic

मसँग कति सम्पत्ति छ, हिसाबै छैन (भिडियोसहित)


‘नेपाल लगानी सम्मेलन २०१९’ केही दिनअघि सम्पन्न भएको छ । सम्मेलनसँगै मुलुकमा अन्तर्राष्ट्रिय लगानीको वातावरण सहज भएको छ । सरकारले ल्याएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणा कार्यान्वयनमा सम्मेलन सेतु बनेको छ । सम्मेलनपछि मुलुकको विकासले गति लिन अपेक्षा गरिएको छ । यही सन्दर्भमा नेपालमा लगानी गर्दै आएका गैर आवासिय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले जनता टेलिभिजनको द भ्यु विचार मन्थनमा आफ्ना केही धारणा राख्नुभएको छ । प्रस्तुत छ, उहाँले गर्नुभएको कुराकानीको सारसंक्षेप :

सिरहाको एउटा सामान्य परिवारमा जन्मेको मानिस आज संसारकै एक धनाढ्य बन्नुभएको छ, कस्तो लागिरहेको छ ?

जबसम्म यस्तो ठाउँमा पुगिदैन तबसम्म यो अफ्ठ्यारो लाग्ने गर्छ तर आज यो ठाउँमा पुगिसकेपछि मलाई यस्तो लागेको छ की कुनैपनि मानिस यो ठाउँमा पुग्न सक्छन् ।

आज तपाईसँग जति सम्पति छ, त्यसको कारणले यहाँ अत्यन्तै खुशी हुनुहुन्छ या तनावमा ?

आफूले कमाएको सम्पतिमा त आनन्द आउँछ नै । मसँग नेपाली नागरिकता र पासपोर्ट दुबै छ । त्यसैले विदेशमा नेपालको अवस्थासँग दाँजेर जुन मलाई नेपाली भनेर व्यवहार गरिन्छ, त्यसले मलाई सधैँ घच्घच्याइरहेको हुन्छ र पीडाबोध पनि गराइरहन्छ ।

सम्पतिको भूमिका के देख्नुहुन्छ आनन्दमा ?

म व्यवसायी भएकोले कमाइमा नै आनन्दित हुन्छ ।

तर सम्पतिको पछि लाग्दा मान्छेहरु सुखी भन्दा दुखी धेरै हुन्छन् भनिन्छ, यहाँको अनुभव कस्तो छ ?

यस्ता अनुभव पनि धेरै छन् । नेपालमा त त्यति यस्तो देखिदैन तर बाहिर त्यस्ता उदाहरण थुप्रै छन् । तर मेरो यसमा बैग्लै अनुभव छैन । म कहिल्यै पनि सम्पतिको पछि लागेर आफू दुखी भएको छैन । पैसा कमाएको हकमा आत्माशान्ति नै छ । तर मेरो चाहना देशलाई समृद्ध बनाएर विकसित देशको नागरिक भएर जिउने छ ।

सम्पति चाहिँ कति छ, यहाँसँग ?

विभिन्न क्षेत्रका धेरै कम्पनीमा लगानी भएकोले मसँग सम्पति यति नै छ भनेर हिसाब गरेको छैन ।

यसरी बेहिसाब सम्पति कमाउन जो कोहीका निम्ति सम्भव छ ?

त्यस्तो होइन, हेर्नुहोस् हाम्रो अहिलेको प्रधानमन्त्री पनि एकैपटक प्रधानमन्त्री बन्नुभएको होइन । स्कुलदेखि नै उहाँ राजनीतिमा जोडिनुभएको थियो । पत्रकारीताको पनि एउटा तहबाट अगाडि विकास हुँदै जान्छ । व्यवसाय पनि त्यस्तै कुरा हो । गर्दै जाँदा साधारण मानिस पनि धनी बन्न नसक्ने होइन । सफलताका ३ वटा पिलर हुन्छन् । मेहनत, इमान्दारिता र भाग्य वा अवसरले सफलता प्राप्त हुन्छ ।

मैले आजसम्म आफूलाई ग्लानी महशुस हुने कुनै काम गरेको छैन

एकजना फ्रेन्च दार्शनिक ‘प्रोपटी इज ए थेप्ट’ भन्छन्, यसमा के छ यहाँको टिप्पणी ?

त्यो गलत हो । दार्शनिक रुपमा भन्ने हो भने सबै कुरा थेप्ट हो । यसका आधारमा भन्ने हो भने हिजो मसँग थिएन आज मसँग छ । यो पनि त चोरी नै हो नी ? म विद्धान हुने कुरा पनि त चोरी नै हो । त्यसैले यो दार्शनिक रुपमा सही होला तर व्यवहारिक रुपमा सही होइन ।


धन प्राप्तिको प्रकृया त संशयपूर्ण छ नि, मान्छेहरुले यस्तो प्रश्न पनि गरिरहेका छन् ?

धनी हुने सबैको इच्छा छ तर आफू धनी हुन नसक्दा धनीको कुरा काट्ने चलन छ । मान्छेले अत्याधिक कुरा काटिसकेपछि धनीलाई पनि कतै आफूले पापै गरेर धन कमाएको हुँ की भन्ने भ्रम हुन्छ । यसकारण धन कमाउनु राम्रो हो भनेर उसले अरुलाई पनि उत्साह जगाउन सक्दैन । तपाईले भनेजस्तै २१ औं शताब्दीको सबैभन्दा ठूलो समस्या धनी र गरिबबीचको खाल्डो नै हो ।

कानुन मिचेर पनि मान्छे धन कमाउन लागेका देखिन्छन्, यस्तो किन भएकाे होला ?

ट्याक्स छलेर धन कमाउन सकिँदैन, थोरै थप्न मात्रै सकिने हो । कसैले आफूले कमाएको धनमध्ये नतिर्ने करले उसलाई धेरै ठूलो धनी बनाउने होइन । यो कसैको कमाइ बन्दैन । तर यसमा अलिकति वास्तविकता पनि छन् । खासगरी विकाशोन्मुख देशमा यो समस्या देखिएको छ ।

तपाईले भनेजस्तो पुरानै प्रणालीमै रहेर केही सिमित देश तथा व्यक्तिले धन थुपार्ने र विकाशोन्मुख देशको स्थिति नसुध्रिने नै देखियो नि ?

हो, यहाँ एउटै गनुपर्ने के छ भने, अहिले हामीले भनिरहेको समाजवादउन्मुख अर्थनीति भन्नुको बाध्यता नै गरिब र धनीबीचको खाल्डोलाई कम गर्नका लागि हो । यसमा सरकारको नै महत्वपूर्ण भूमिका हुन्छ ।

आज नाफाको लालसा बढिरहेको हुनाले नाफाको लागि मानवता बिर्सन्छ भनिन्छ नि ?

जसले नाफा कमाउँछ उसले समाजलाई पनि केही दिएको हुन्छ । यदि कोही नाफा कमाएर समाजलाई दिदैनन् र केवल नाफा मात्रै लिन्छ भने त्यो कर्तव्य पालना गरेको मानिँदैन ।

धन कमाउन कत्तिको इमान्दार हुनुपर्छ ?

यो त अनिवार्य छ । तर सबै त्यस्तै नहुन पनि सक्छन् । विभिन्न देशमा काम गर्नुपर्ने भएकोले त्यहाँकाे नियम पालना गरेरै काम गर्नुपर्ने हुन्छ । मैले आजसम्म आफूलाई ग्लानी महशुस हुने कुनै काम गरेको छैन । मैले जुन देशमा पेशा गरिरहेको छु, त्यहाँ समाजका लागि पनि केही न केही योगदान गर्दै आइरहेको छु ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो ।

रुकुममा एक शिक्षकलाई कुटपिट गरि बेपत्ता पारेको अभियोगमा दुई जनालाई अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ ।

भारतको राजधानी नयाँदिल्लीबाट मुम्बईका लागि हिँडेकी २२ वर्षीया नेपाली महिलामाथि सामूहिक बलात्कार भएको छ ।