Logo बैशाख २, २०७८ बिहीबार


विमान कम्पनी मालिक नतालियाको विमान दुर्घटनामै मृत्यु

काठमाडौं । रुसी उड्डयन क्षेत्रमा आइरन लेडिको उपमाले परिचित ५५ बर्षीया नतालिय फिलेवाको बिमान दुर्घटनामा निधन भएको छ । ६ सिटे विमानमा सवार पाईलट, नतालिया र उनका बिरामी पिता सहित तिनै जनाको मृत्यु भएको छ ।
विमान कम्पनिकी मालिक समेत रहेकी नतालिया सवार विमान दक्षिण–पश्चिम जर्मनीस्थित एजेलाबाश शहर नजिकै दुर्घटना भएको हो ।

बुवाको उपचारका लागि जर्मनी उडेकी थिइन् नतालियाः

६० करोड डलरकी मालिक नतालिया बुवाको उपचारका लागि जर्मनी उडेकी थिइन् । फ्रान्सबाट जर्मनि जाँदै गर्दा विमान दुर्घटनामा पर्यो, नतालियाको बुवालाई बचाउने सपना, बिरामी बुवा र नतालिया विमानसँगै खरानी भए । रुसी नागरिक उड्डयन क्षेत्रमा यात्रीको सुविधा र सुरक्षा बढाउने विषयमा केन्द्रीत आइरन लेडी नतालियाका चार सन्तान छन् । नतालिया र उनका पति भ्लादिस्लाव ‘फिलेवा एससेभेन’ एयरलाइन्सका सह–मालिक थिए ।

रुसकै दोस्रो ठुलो एयरलाइन्स कम्पनी एससेभेनः
विश्वका २६ देशका एक सय ८१ शहरमा छन् एससेभेन अर्थात् साइबेरिया एयरलाइन्सले सेवा दिँदै आएको छ । एससेभेन रुसको दोस्रो ठूलो एयरलाइन्स कम्पनी हो । रुसको सबैभन्दा ठूलो सरकारी एयरलाइन्स कम्पनी एयरोफ्लोतको प्रमुख प्रतिद्वन्द्वी एससेभेन कम्पनीका कम्पनीका ९६ वटा विमान छन् ।

सोभियत संघको विघटनपछि एससेभेनको खरिद

सोभियत संघको विघटनपछि नतालियाले साइबेरिया एयरलाइनको खरिद गरेकी थिइन् । एससेभेन एयरलाइन्स करिब एक दशकसम्म वन वर्ल्डको हिस्सा थियो । यो अलाइन्समा अमेरिका, ब्रिटेन र जापानको कम्पनी पनि थियो ।

कम्पनीका कर्मचारीले नतालियालाई मम्मा भन्थेः

एयरलाइन्सका कर्मचारीबीच पनि निकै लोकप्रिय नतालियालाई कर्मचारीले मम्मा भनेर बोलाउँथे । एयरलाइन्सको सफलताको पछाडि नतालियाको मेहनत र दूरदर्शितालाई सबैभन्दा ठूलो कारण रहेको विज्ञहरुको विश्लेषण छ ।

पाइलटले विमान घुमाउँदा नियन्त्रण गुमाएः

पाइलटले विमान घुमाउन खोज्दा नियन्त्रण गुमाएपछि दुर्घटना भएको प्रारम्भिक अनुमान जर्मन अधिकारीले गरेका छन् । विमान दुर्घटनापछि घटनास्थलमा जाँदै गरेको पुलिसको एउटा कार पनि दुर्घटनाग्रस्त हँुदा २ जनाको ज्यान गएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

(एजेन्सिको सहयोगमा जोसेफ शाहीले तयार पारेको सामग्री)

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…