ट्राफिक महाशाखालाई नाडाको ७० थान कुर्सी

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरिय ट्राफिक प्रहरी महाशाखालाई विशेष कार्यक्रम गरी ७० थान कुर्सी प्रदान गरेको छ । कार्यक्रममा नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले मङ्गलबार महाशाखाका प्रमुख बसन्त पन्तलाई कुर्चिहरु हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा नाडाका उपाध्यक्षद्वय कृष्णप्रसाद दुलाल तथा प्रकाश कपुरी उपस्थित रहेको थियो । त्यसैगरी सो कार्यक्रममा नाडाका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंहानिया समेतको उपस्थिति रहेको थियो । यस्तो आपसी सहयोग र समन्वयबाट नाडा र महाशाखा विचको सम्बन्ध थप सुदृढ भएको नाडाले जनाएको छ ।