Logo जेठ १, २०७८ शनिबार


नियमापत्तिपछि प्रदेश सभा स्थगित

मकवानपुर । साँसदहरुले नियमापत्ति गरेपछि ३ नम्बर प्रदेश सभाको मंगलबार बसेको वैठक ५ मिनेट स्थगित भएको छ । प्रदेश सुचनाको हक सम्बन्धी विधेयकको सैद्धान्तिक छलफल गरिरहँदा सरकारका प्रतिनिधि संसद हलमा नभए पछि प्रदेश सभा सदस्यहरुले नियमापत्ती गरेका हुन् ।

एकै चोटी तीन जना प्रदेश सभा सदस्यहरु रिना गुरुङ, गिता वाग्ले र रिता माझीले हात उठाएर नियमापत्ती गरेका हुन् । प्रदेश सभा सदस्य शान्ती प्रसाद पौडेलले बोल्न शुरु गर्ने वित्तिकै साँसदहरुले नियमापत्ति गरेपछि सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको वैठक ५ मिनेटको लागि स्थगित गर्नुपर्यो ।

सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तर्फबाट उक्त विधेयक प्रदेश सभाको वैठकमा आएको हो । केहि बेर पछि मुख्यमन्त्री डोरमणि पौडेलसँगै आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेल आएपछि संसदमा पुन ः छलफल शुरु भएको हो । सुचनाको हक सम्बन्धी १० जना प्रदेश सभा सदस्यहरुले बोेलेका छन् । प्रदेश सुचनाको हक सम्बन्धि विधेयकका केही बुँदाहरुमा संशोधन गर्न साँसदहरुले सुझाव दिएकाछन् । मन्त्री जम्मकट्टेलले साँसदहरुबाट विधेयकमाथि आएको सुझावलाई संशोधन मार्फत समावेश गराइने बताउनुभयो ।
प्रदेश सभाको वैठक आगामी चैत २५ गते सम्मको लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…