Logo बैशाख ५, २०७८ आइतबार


जनता टेलिभिजनले श्रमिकसम्बन्धी कार्यक्रम संचालन गर्ने

काठमाडौं । जनता टेलिभिजनले श्रमिकसम्बन्धी कायक्रम पनि संचालन गर्ने भएको छ । कार्यक्रम संचालन गर्न जनता प्रसारण तथा प्रकाशन लिमिटेडले मंगलबार पेशागत महासंघ नेपालसंग सहमति गरेको छ । श्रमिकका सवालमा केन्द्रित रहेर टेलिभिजन कार्यक्रम संचालन गर्ने सहमति भएको जनता टेलिभिजनका नायव महाप्रवन्धक माधव कार्कीले बताउनुभयो ।

सहमतिपत्रमा टेलिभिजनको तर्फबाट नायव महाप्रवन्धक माधव कार्की र पेशागत महासंघका अध्यक्ष विश्वनाथ प्यकुरेलले हस्ताक्षर गर्नभएको छ । श्रमिकसम्बन्धी कायक्रम हरेक साता बुधबार साँझ ९ः३० देखि १० बजेसम्म संचालन हुने नायव महाप्रवन्धक कार्कीले जानकारी दिनुभयो ।

हस्ताक्षर कार्यक्रममा जनता प्रकाशन तथा प्रसारण लिमिटेडका अध्यक्ष डा. विजय पौडेल, प्रमुख कार्यकारी निर्देशक डा. रमेश पौडेल र कार्यकारी निर्देशक नारायण सुवेदी सहभागी हुनुहुन्थ्यो । पेशागत महासंघका उपाध्यक्ष गम्भिरलाल श्रेष्ठ, उपमहासचिव रामप्रसाद रिमाल, नेपाल निजामति कर्मचारी संगठनका महासचिव रेवन्त कुमार गौतम, सार्वजनिक संस्था कर्मचारी संगठन नेपालका महासचिव भोलानाथ घिमिरे र बैंक बिमा तथा वित्तिय क्षेत्र कर्मचारी संघ नेपालका महासचिव योगेन्द्र बहादुर सिंह समेत उपस्थित हनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।