आफ्नै बसले किचेर सहचालकको मृत्यु

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बसामाडीमा बसले किचेर सहचालकको मृत्यु भएको छ ।
बिरगन्जबाट धनगढीको लागि छुटेको ना ३ ख ३३७५ नम्बरको यात्रुबाहक बसले किच्दा सोही बसका सहचालक जनकपुर उपमहानगपालिका ३ का १९ बर्षिय रबि शहनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गुडिरहेको बसको ढोकाबाट अचानक खस्दा बसको पछाडीको चक्काले किचेर शहनीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बसको चालक र बस नियन्त्रणमा लिई लेवट स्थित प्रहरी चौकीमा राखेको बताएको छ । गुडिरहेको बसको ढोकाबाट अचानक खस्दा बसको पछाडीको चक्काले किचेर शहनीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बसको चालक र बस नियन्त्रणमा लिई लेवट स्थित प्रहरी चौकीमा राखेको बताएको छ ।