Logo ८ श्रावण २०७८, शुक्रबार


सवारी दुर्घटनामा २० जनाको मृत्यु

याङ्गुन । म्यानमारको मन्दालाए राजमार्गमा गत महिना भएका सवारी दुर्घटनाहरुमा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै एकसय १३ जना घाइते भएका प्रहरी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

म्यानमारको सबभन्दा व्यस्त राजमार्गमा मार्च महिनामा मात्र ५१ ओटा सवारी दुर्घटना भएको बताइएको छ । राजमार्गमा हुने सवारी दुर्घटनाहरु प्रायः मानवीय गल्तीका कारण हुने गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

क्षमताभन्दा बढी यात्रु चढाउने, चालकले जथाभावी र उँघेर सवारी साधन हाँक्नेजस्ता कारणहरुले गर्दा दुर्घटना हुने बताइएको छ ।

याङ्गुनको मन्दालाए राजमार्गमा सन् २०१८ भरमा चारसय ७३ ओटा दुर्घटना भएको र एकसय ३ जनाको मृत्यु हुनुका साथै आठसय ७७ जना घाइते भएको जनाइएको छ । देशको व्यापारिक शहर याङ्गुन र दोस्रो ठूलो शहर मन्दालाए हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…