Logo बैशाख ७, २०७८ मंगलबार


गाउँपालिका अध्यक्ष चन्द कुटिए

काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द कुटिएका छन् । स्थानीय बलबहादुर भण्डारी लगायत ५–६ जनाको समूहले अध्यक्ष चन्दमाथि आक्रमण गरेको हो ।

रोडीदेवलदेखि पञ्चेश्वर गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडकका बिषयमा छलफल गरेर फर्किदै गर्दा बलबहादुर भण्डारी लगायत ५÷६ जनाको समूहले आक्रमण गरेको अध्यक्ष चन्दले बताउनुभयो। सडकको बिषयमा छलफल गरेर वडा नम्बर ४ का अध्यक्षसंगै फर्किरहेको थिए । अध्यक्ष चन्दले भन्नुभयो,‘एक्कासी म माथि हातपात भयो ।’

अध्यक्षसंगै रहेको वडा अध्यक्ष राजबहादुर चन्दका अनुसार सडकको छलफल सकेर कुलाउँ फर्कने क्रममा बीच जंगलको बाटोमा अध्यक्ष चन्दमाथि हातपात भएको हो । उनले भने ‘चारपाँच जनाको समूह आएर उहाँमाथि लट्ठीले आक्रमण गर्यो । हामीले तपाई भाग्नुस भन्यौं त्यसपछि उनीहरुले ढुंगा फ्याकेर आक्रमण गरे । भाग्यबस अध्यक्षज्यूलाई ढुंगा नलाग्दा अप्रिय घटना हुन पाएन् ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।