Logo बैशाख ६, २०७८ सोमबार


ड्रग्स लिएको र सुनील ग्रोवरसँगको विवादबारे कपिलको यस्तो जवाफ

काठमाडौं । भारतीय चर्चित कमेडियन कपिल शर्मा एकपटक फेरि एकपटक चर्चामा आएका छन् । मंगलबार आफ्नो जन्मदिन मनाएका कपिलले एक अन्तर्वार्तामा आफ्नो व्यक्तिगत र पेशागत जीवनको बारेमा बोलेका छन् ।

कपिल शर्माले सामाजिक सञ्जालमा ट्रोलर्सहरुलाई एक प्रश्नको दमदार जवाफ दिएका छन् । कपिल शर्मालाई एक सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘जड्याहा हो, ड्रग्स लिन्छ कपिल’ भन्दै कमेन्ट गरेका थिए । सो प्रश्नको जवाफ दिँदै कपिलले आफूले आफ्नो पुरै जीन्दगीमा कुनैपनि किसिमको ड्रग्स नलिएको दाबी गरेका छन् ।

अन्तर्वार्ताको क्रममा कपिलले अर्का कमेडियन सुनील ग्रोवरको बारेमा पनि बोलेका छन् । अस्ट्रेलियामा एक शोबाट फर्कँदै गर्दा कपिलले सुनील ग्रोवरको साथ प्लेनमा हातपात गरेका थिए । घटनापछि कपिललाई सबै साथीहरुले साथ छोडेका थिए । त्यो समयमा उनको द कपिल शर्मा शो पनि बन्द भएको थियो ।

पछि माफी मागेपछि चन्दन प्रभाकर र किकु शारदा टीममा फर्किएपनि सुनील ग्रोवर र अली असगर कपिलको टीममा फर्किएनन् । सलमान खानका भाइ अरबाज खानको एक शो मा बोल्दै कपिल शर्माले भने, ‘मैले सबै कुरा भुलेर सुनीललाई आफ्नो शो मा लिने विचार गरेँ । हामीबीचमा केहि ‘मिसअन्डरस्ट्यान्डिङ’ भएता पनि म उसलाई शो मा ल्याउन चाहन्थेँ । तर पछि मैले रिसको सुरमा उ हामीसँग टीममा आउन चाँहदैन भनिदिएँ । मलाई साच्चै नै सुनील ग्रोवर एकदमै मनपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…