Logo बैशाख २, २०७८ बिहीबार


पूर्वप्रधानमन्त्री नेपाल आँधी प्रभावित बस्तीमा


बारा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल आँधी तथा हावाहुरी प्रभावित बस्तीमा आइपुग्नु भएको छ । पूर्वप्रधानमन्त्री नेपाल आँधी तथा हावाहुरी पीडितहरुको समस्या बुझ्न मंगलबार यहाँ आउनु भएको हो ।

नेता नेपालले बारा र पर्साका आँधी तथा हावाहुरी प्रभावित विभिन्न बस्ती पुगेर पीडितहरुको स्थिति बुझ्नुभयो । उहाँले हावाहुरीबाट जीवन गुमाएकाहरुका परिवारलाई भेटेर समवेदना व्यक्त गर्नुको साथै विभिन्न अस्पताल पुगेर घाइतेलाई भेटी स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले प्रभावित बस्तीमा उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, कर्मचारी, नेता तथा कार्यकर्ता र स्वंयसेवकहरुलाई कार्य प्रभावकारी रुपमा गर्न निर्देशन समेत दिनु भएको छ । नेता नेपाल आँधी प्रभावित बस्तीमा बुधबार पनि रहनु हुने उहाँको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।