Logo बैशाख ५, २०७८ आइतबार


बारा, पर्सा अपडेटः राहत व्यवस्थित बनाउन आवश्यक

काठमाडौं । बारा र पर्सामा २७ जनाको ज्यान जानेगरी आएको हुन्डरीमा प्रभावित पीडितहरुको राहतलाई व्यवस्थित बनाउन आवश्यक देखिएको छ । खाद्यान्न र लत्ताकपडा पूर्णरुपमा पुगेपनि वितरण व्यवस्थित नभएको राहत वितरण गर्न पुगेकाहरुले बताएका छन् । करिब ६ हजार प्रभावितलाई पुनस्र्थापना गर्न चूनौति रहेको र उनीहरुलाई उचित व्यवस्थापन गर्नुपर्ने राहत वितरकको भनाइ रहेको छ ।

राहत वितरण गर्न पुग्नुभएका अनेरास्ववीयू र अनेरास्ववीयू क्रान्तिकारीका विद्यार्थी नेताहरुले प्रभावित क्षेत्रमा हेल्प डेक्स निर्माणगरी पीडितको पहिचान गरिरहेको बताएका छन् । अनेरास्ववीयू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले आएका राहतहरुलाई व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ । उहाँले एकहप्तासम्म त्यहीँ रहेर आफूहरु व्यवस्थापनमा लाग्ने बताउनुभएको छ ।

यता, नेविसंघका पूर्व केन्द्रीय सदस्य रमाकान्त साहले राहत व्यवस्थापनमा राज्यले खेल्नुपर्ने भुमिका प्रभावकारी नभएको आरोप लगाउनुभएको छ । वास्तविक पीडितहरुले राहत पाउन अझै सहज नभएको उहाँको भनाइ छ ।

आइतबार साँझ प्रलय गर्नेगरी आएको आँधीबेहरीले अहिलेसम्मपनि त्यहाँका जनतामा त्रास कायम रहेको छ । आफन्त गुमाउनुको पीडाका साथै सर्वस्व उजाडिएपछि त्यहाँका बासिन्दा निराश भएका हुन् । मनोविद् डा. नरेन्द्र ठगुन्नाले पीडितको स्थितिलाई पुनस्र्थापित गर्न परामर्शको खाँचो रहेको बताउनुभएको छ । मनमा रहेको त्रास साम्य हुन करिब तीन चार महिना लाग्ने भन्दै उहाँले त्यहाँको व्यवस्थापनका राज्यले ध्यान दिनुपर्ने बताउनुभएको छ ।

त्यस्तै, स्वास्थ्य टोलीसहित प्रभावित क्षेत्र बारा र पर्सा पुग्नुभएका डा. गोविन्द केसीले हाललाई स्थिति सामान्य रहेको बताउनुभएको छ । खानपिनमा ध्यान दिनुपर्ने र नियमित चेकजाँच गर्नुपर्ने भन्दै उहाँले पीडितलाई चाँडै पुनस्र्थापित गर्न सके समस्या हल हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।