Logo बैशाख २८, २०७८ मंगलबार


‘भद्रगोल’को युट्युब भ्यूज चोरी !

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्यटेलिश्रृंखला ‘भ्रदगोल’को युट्युब भ्यूज चोरी भएको आशंका गरिएको छ ।

चर्चित हास्यटेलिश्रृंखलाको युट्युब भ्यूज चोरी भएको टेलिश्रृंखलाका लेखक तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले आफ्नो फेसबुकमा राखेका छन् । उनका अनुसार युट्युबमा राखिएको ‘भद्रगोल’को २ सय ४ औँ श्रृंखलाको बाहिर देखाउने भ्यूज र भिडियो खोलेपछि देखाउने भ्यूजमा फरक आएको हो ।

अर्जुनले ‘भद्रगोल’को युट्युब भ्यूज चोरी भएको र त्यस्तो कार्य तत्काल बन्द गर्न अनुरोध गरेका छन् । साथै उनले आफ्नो आईटी टीम भ्यूज चोरी गर्ने व्यक्ति अथवा संगठन पत्ता लगाउने अन्तिम चरणमा पुगेको बताएका छन् ।

के हो खास कुरा ?
‘भद्रगोल’ को आधिकारिक फेसबुक पेजमा राखिएको जानकारीलाई आधार मान्ने हो भने, मार्च २२ मा रिलिज भएको ‘भद्रगोल’को २ सय ३ भाग भोलिपल्ट साँझ सात बजेर ४ मिनेटमा बाहिरबाट हेर्दा ९ लाख ३१ हजार भ्यूज देखाएको छ तर सोही समयमा भित्र खोलेर हेर्दा ७ लाख ६१ हजार ५ सय ८८ भ्यूज देखाउँछ । एउटै समयमा बाहिर र भिडियो खोलेर हेर्दा देखिने भ्यूजमा २ लाखको हाराहारीमा घटेपछि भद्रगोलको टीमले यो कुरा बाहिर ल्याएको हो ।

दोहोरियो घटनाः
भ्यूज चोरी हुने घटना भएको यो नै पहिलोपटक नभएको ‘भद्रगोल’ टीमको दाबी छ । ‘भद्रगोल’का श्रृंखला निर्देशक दिपक आचार्यका अनुसार यस्तो घटना एउटामात्र एपिसोडमा नभई पछिल्लो ३–४ हप्तादेखि लगातार चलिरहेको छ ।

युट्युबमा भ्यूज घटेपछि ‘भद्रगोल’को लोकप्रियता भने दर्शकमाझ अझै बढिरहेको छ । बालकदेखि बृद्धबृद्धाहरुले यसका हरेक एपिसोड रुचाउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…