Logo बैशाख ३१, २०७८ शुक्रबार


तीन सय बिघा वन बग्यो

टीकापुर । हाइग्रिभा–सिद्धी शाही प्रकाश जेभी सामाखुशी काठमाडौंले कर्णाली नदीमा तटबन्धको ठेक्का लिई काम नगरेकाले कारवाही गर्न स्थानीयवासीले माग गरेका छन् । समयमा काम पूरा नगर्दा सत्ती कर्णाली सामुदायिक वन क्षेत्र कटान भएको छ भने लाखौँ मूल्यको वेतको जङ्गल बगिसकेको छ ।

रानीजमरा कुलरिया सिँचाइ आयोजनाबाट विसं २०७२ चैतमा एक हजार ७०० मिटर तटबन्धको काम पाएको जेभीले तीन वर्षसम्म करीब ६०० मिटर काम पनि पूरा गरेको छैन । ‘समयमै तटबन्ध गरेको भए त्यस क्षेत्रको करीब ३०० बिघा वन जोगिन्थ्यो, पोहोर पूरा गरेको भए आठ बिघा वेत वन जोगिने थियो’, सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिंह साउदले भन्नुभयो, ‘यस वर्ष पूरा भएन भने जङ्गल त जान्छ नै बस्ती पनि खतरामा पर्नेछ ।’

तत्काल काम शुरु नगरे निर्माण कम्पनीलाई कालोसूचीमा राखी कारवाही चलाउन र यसैवर्ष तटबन्धको बाँकी काम पूरा गर्न सिँचाइ आयोजनालाई अनुरोध गरेको अध्यक्ष साउदले बताउनुभयो । स्थानीयका कुरा सुनुवाइ नभए आन्दोलनमा जानुपर्ने बाध्यता रहेको स्थानीय मनिराम ढुङ्गानाले बताउनुभयो ।

टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले वर्षैँदेखि बाढी प्रभावित भइरहेको वडामा तटबन्ध हुने भएपछि खुशी भए पनि समयमा काम नहुँदा निराश भएको बताउनुभयो । उहाँले वडा नम्बर ८ को ९९४ र वडा – ९ का चार घर प्रभावित हुने जानकारी दिनुभयो । हुलाकी राजमार्गमा बनेको कर्णाली पुल पनि खतरामा पर्ने उहाँको भनाइ थियो ।

ठेक्का लागेको वर्ष २०७२ यता कर्णाली नदीले ३०० बिघा वन क्षेत्र कटान गरिसकेको छ । गत वर्ष तटबन्ध गरेको क्षेत्रमा कटानी रोकिए पनि बाँकी क्षेत्रमा आठ बिघा जति वेतको जङ्गल बगेको वन अध्यक्ष साउदले जानकारी दिनुभयो । तटबन्धमा ससाना ढुङ्गा प्रयोग गरेको र एक तह मात्रै तटबन्ध गरेकाले जाली भत्किन थालेको छ ।

आयोजनाका डिभिजनल इञ्जिनीयर रणबहादुर बमले गत फागुन २५ गते पत्रिकामै सूचना जारी गरिसकेको र फागुन ३० मा सम्पर्कमा आई काम गर्छु भनेको तर कार्यस्थलमा नआइसकेको जानकारी दिनुभयो । निर्माण कम्पनीसँग १४ करोड नौ लाख १४ हजारको ठेक्का सम्झौता भएकामा पाँच करोड १७ लाख २९ हजारको काम भइसकेको र एक करोड ७९ लाख पेश्की रहेको आयोजनाका सहायक सूचना अधिकारी शङ्कर थापामगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…