Logo बैशाख ३१, २०७८ शुक्रबार


अपहरणमा परेकी युवती फेला

रुपन्देही । गएराति अपहरणमा परेकी पत्रकार विन्दु चौहानकी छोरी नेपाल– भारतको सिमानामा बुधबार बिहान फेला परेकी छन् । चौहानकी १८ वर्षीया अपाङ्गता भएकी छोरी ममता रातिदेखि हराएकी थिइन् । अपाङ्गता भएका कारण हिँड्न बोल्न नसक्ने उनलाई अज्ञात समूहले अपहरण गरी छाडेको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ ।

गएराति लुम्बिनी सांस्कृतिक नगरपालिका–१० आफ्नै निवासबाट अपहरणमा परेकी ममता लुम्बिनीको मोग्लाहादेखि एक किलोमिटरको दुरीमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख हृदय थापाले जानकारी दिनुभयो ।

केही दिनअघि लुम्बिनीमा गोरु तस्करी सम्बन्धी समाचार लेखेका कारण चौहानलाई ज्यान मार्ने र परिवारलाई समेत पीडा दिने धम्कीआएको थियो।

‘गोरु तस्करीको समाचार लेखेपछि मलाइ मार्ने धम्की दिएका थिए’, उहाँले भन्नुभयो, ‘मलाई तर्साउन तस्करले नै मेरो छोरी अपहरण गरेको हुनुपर्छ, समाचार लेखेकै कारण म र मेरो परिवार असुरक्षित छौ ।’

अपहरणपछि भेटिएकी ममताको मानसिक अवस्थामा आघात पुगेको हुनसक्ने भन्दै उपचारका लागि भैरहवाको भीम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । अपहरणमा संलग्नको खोजी भइरहेको प्रहरी प्रमुख थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पत्रकार चौहानलाई धम्की दिने र अन्य आशङ्का भएकालाई पक्राउ गरी दोषीलाई कारवाही गर्छौ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…