Logo बैशाख १, २०७८ बुधबार


विकास परिषदमा दीर्घकालीन योजनाबारे छलफल हुँदै

काठमाडौं । राष्ट्रिय विकास परिषद बैठकमा राष्ट्रिय योजना आयोगले तयार पारेको दीर्घकालीन योजनाबारे मस्यौदामा छलफल भइरहेको छ । आयोगले २५ वर्षे दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्र तयार पारेको छ ।

आयोगले ‘समृद्ध नेपालः सुःखी नेपाली’ बनाउने मुख्य लक्ष्यका साथ १५ औं योजनाको आधार पत्रको मस्यौदा तयार पारेको हो । योजनाले तयार पारेको मस्यौदालाई अन्तिम रुप दिन परिषद बैठकमा बोलाइएको हो । होटल सोल्टीमा दुई दिन चल्ने बैठकमा प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नुभएको छ ।

राष्ट्रिय विकास परिषदको बैठक बोलाइएको हो । बैंठकमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदार, उपप्रधानमन्त्री, मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, संघीय संसद विषयगत समितिका सभापति, सांसद, योजना तथा अर्थविज्ञसहित ३ सय ५० जना भन्दा बढी सहभागी छन् ।

आयोगले तयार पारेको १५ औं योजनाको आधार पत्रको मस्यौंदामा कृषि, उर्जा, खनिज र पर्यटन क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने उल्लेख गरिएको छ । मस्यौदामा ५ वर्ष भित्र मुलुकमा समृद्धको सृजना गर्ने, १० वर्ष भित्र समृद्धिका लागि आवश्यक काममा तीव्रता दिने कार्यक्रम पनि समावेश गरिएको आयोगका प्रवक्ता डा. किरण रुपाखेतीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…