Logo बैशाख २, २०७८ बिहीबार


मिस्टर मध्यपुर मेयर कप हुने

भक्तपुर । प्रथम मिस्टर मेयर कप २०७५ चैत्र २३ गते देखि शुरु हुने भएको छ । ‘स्वास्थ्य नै धन हो’ भन्ने मुल नारालाई आत्मसाथ गरी मध्यपुर शारीरिक सुगठन तथा फिट्नेस समितिले मेयर कपको आयोजना गर्न लागेको हो ।

प्रथम मिस्टर मध्यपुर शारीरिक सुगठन प्रतियोगिता मध्यपुर थिमीको यचु पार्टी भेन्यूमा हुने शारीरिक सुगठन तथा फिट्नेस समितिका अध्यक्ष अशोक धजुले जानकारी दिनुभयो ।

कार्यक्रमका संयोजक सन्जय श्रेष्ठले प्रतियोगितामा जम्मा ४ वटा वजन समुह अन्र्तगत खेल खेलाइने जानकारी दिंदै ५५, ६०, ६५ के.जी भन्दा माथिको तौल समुहबिच प्रतिस्पर्धा हुने बताउनुभयो । प्रत्येक तौल समुहबाट प्रि जजिङ्ग बाट ५ जना खेलाडीलाई फाइनल राउन्डको लागि छनौट भएका खेलाडीबिच प्रतिस्पर्धा हुनेछ ।

खेलमा प्रथम, द्वितिय तथा तृतिय हुने खेलाडीले क्रमशः नगद २५ हजार, २० हजार र १५ हजार रुपैंया पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…