Logo जेठ ३, २०७८ सोमबार


टमूदेखि यांगौं(रंगुन)साहित्यक सद्भावना यात्रा

काठमाडौं । नेपाली भाषा, साहित्य तथा शैक्षिक जागरण, नेपाली जातीय चेतना, नेपाली समाजको सामाजिक अध्ययनसहित म्यान्मा–नेपालबीचको साहित्यिक साँस्कृतिक आदानप्रदान गर्ने उद्देश्यले साहित्यक सद्भावना यात्राको आयोजना गरिएको छ ।

अखिल म्यान्मा देशीय हिन्दू धार्मिक संघको तत्वावधानमा गोर्खाली गाथाको ऐतिहासिक विरासत कायम राखी नेपाली जातीय पहिचान र अस्तित्व बोकेका नेपालीहरूको बाहुल्य भएका शहर तथा वस्तीहरुमा शैक्षिक तथा साहित्यिक कार्यक्रम आयोजना गरिएको हो ।

नेपालबाट म्यान्माको भ्रमणमा सहभागी नियात्राकार युवराज नयाँघरे, भानु प्रतिष्ठानका महासचिव ऋषभदेव घिमिरे तथा पत्रकार अश्विनी कोइरालाको टोलीलाई टमू शाखाले पहिलो स्वागत गरेको थियो। टमूमा आयोजित कार्यक्रममा साहित्यकार रुद्र गजुरेल, अमित घिमिरे तथा शिक्षा विभाग प्रमुख कुसुम गौतमले म्यान्मामा नेपाली भाषा साहित्य तथा शैक्षिक अवस्थितिका बारेमा विभिन्न विचार राखेका थिए । सोही अवसरमा नेपालबाट म्यान्मा पुगेका तीनैजना सर्जकले नेपाली भाषा र साहित्य समृद्ध पार्न सिर्जनात्मक र रचनात्मक भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।

सद्भावना यात्रालाई अखिल म्यान्मा देशीय न्हिन्दू धार्मिक संघ केन्द्रीय समितिसँग संयोजन गर्दै नेपाली साहित्यिक परिवार टमूका अमित घिमिरेले, यकसक, टाउँजी, मिचिनालयागतका क्षेत्रहरुमा नेपाली जन जीवनको सामाजिक अध्ययन, साहित्यिक तथा शैक्षिक कार्यक्रम, अन्तरक्रिया, कवि गोष्ठी समेतको संयोजन गर्नु भएको थियो। माण्डलेमा आयोजित कार्यक्रममा नेपालबाट आउनु भएका श्रष्टाहरुलाई हिन्दू संघका केद्रीय अध्यक्ष सागर घिमिरेलगायतका केन्द्रीय समितिका पदाधिकारीले सम्मान गर्नुभएको थियो।

म्यान्माको राजधानी यांगौं(रंगुन)मा आयोजित बिशेष कार्यक्रममा म्यान्मा को साहित्यिक तथा शैक्षिक स्तरोन्नति, साहित्यिक एवम् साँस्कृतिक आदान प्रदान,अनुवाद संग्रह प्रकाशन आदिका बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा साहित्यकारहरू ठाकुर गुरागाईं, बिष्णु पंथी, टेकनारायण रिमाल, धनी गौतम, प्रविणहरी प्रधान, लक्ष्मण न्यौपाने, मोती गुरागाई,अमित घिमिरे, चतुर्वेदी खनालले विचार धारणा र रचना प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…