Logo बैशाख २, २०७८ बिहीबार


यूरेका लियोलाई जनताद्वारा पुस्तक हस्तान्तरण

काठमाडौं । कालिकोटमा पुस्तकालय स्थापना गर्न लागेको लियो क्लव अफ काठमाडौं यूरेकालाई जनता प्रसारण तथा प्रकाशन लिमिटेडले पुस्तक सहयोग गरेको छ । जनता प्रसारण तथा लिमिटेडका कार्यकारी निर्देेेशक नारायण सुवेदीले करिब १० हजार मूल्यभन्दा बढीका पुस्तक क्लवको पुस्तकालय अभियानका कोर्डिनेटर सविन गर्तौलालाई हस्तान्तरण गर्नुभएको हो ।

कालिकोटको नरहरिनाथ गाउँपालिका अन्र्तरगत जनप्रभात माविमा लियो क्लव अफ काठमाडौंले पुस्तकालय स्थापनाको काम अन्तिम चरणमा पुर्याएको छ । एक सेट कम्युटर, एक सेट प्रिन्टरसहित ३ हजारभन्दा बढी पुस्तकसहित त्यहाँ पुस्तकालय स्थापना गर्न लागेको हो ।

पुस्तकालय स्थापनार्थ ‘यूरेका लियो कालिकोट पुस्तकालय अभियान’ सञ्चालन गरेको क्लवले शुक्रबार विद्यालयमा पुस्तकालयको उद्घाटन गर्ने कोर्डिनेटर गर्तौलाले बताउनुभयो ।

विभिन्न सामाजिक काम गर्दै आइरहेको क्लवले सामाजिक क्षेत्रमा विभिन्न गतिविधि गर्नुुुका साथै युवालाई उत्प्रेरणा जगाउने किसिमका काम गर्दै आइरहेको गर्तौलाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…