Logo बैशाख २, २०७८ बिहीबार


श्रीमती ड्राइभरसँगः पूर्वपति र दुई छोरीले गरे आत्महत्या

काठमाडौं । श्रीमतीको रिसले अबोध बालिकाको ज्यान गएको छ । आफ्नो प्रेमीसँग भागेकी श्रीमतीको रिसले एक पतिले दुई बालिकाको हत्या गरेर वाट्सपमा श्रीमतीलाई नै फोटो पठाएको रहस्य खुलेको छ । श्रीमानले अन्तिममा आफैले समेत आत्महत्या गरेका छन् ।

यो घटना भारतस्थित महाराष्ट्रको चन्द्रपुर जिल्ला बल्लापुरको हो । बल्लापुरमा बस्ने एक ४० वर्षीय आइटी शिक्षक ऋषिकान्तले आफ्नै छोरीहरुको हत्या गरेको स्वीकार गरेका छन् । हत्या भएकी ६ वर्षीया नारायणी र १८ महिने किर्तिका रहेकी छन् । दुवै बालिकालाई फाँसीमा झुन्ड्याएर उनले आफ्नी श्रीमतीलाई तस्बिर पठाएका थिए ।

ऋषिकान्तकी श्रीमती एक कार ड्राइभर शहनवाज खानसँग भागेकी थिइन् । ड्राइभर र उनकी श्रीमतीको लामो समयदेखि अफेयर चलिरहेको थियो । जसले आफ्नो बेइजती भएको भन्दै उनले आत्महत्या गरेका थिए । प्रहरीले ड्राइभर र उनकी प्रेमिकालाई खोजी गरिरहेको छ । उनीहरु अहिले फरार छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।