Logo बैशाख ३, २०७८ शुक्रबार


‘गाउँ–गाउँमा सिंहदरबार’

नारायण थापा
भक्तपुर ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देशका तीन वटै तहका सरकारले सिंहदरबार गाउँ–गाउँमा पु¥याउने अभियान शुरु गरेको बताउनुभएको छ । चाँगुनारायण नगरपालिकाले आयोजना गरेको एकिकृत घुम्ती शिविर उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री थापाले सरकार जनताको घरदैलोमै पुगेर सेवा दिने कार्यमा सक्रिय रहेको उल्लेख गर्नुभयो ।

उहाँले जनतालाई छिटो भन्दा छिटो सेवा प्रदान गर्न एकृकित शिविरहरु समेत सञ्चालन गरिरहेको बताउनुभयो । गृहमन्त्री थापाले सरकारले विकासलाई तिब्र गतिमा अगाडि बढाउन पञ्च वर्षिय योजना निर्माण गरि कार्य अगाडि बढाइरहेको जानकारी दिनुभयो । अबको २५ वर्षमा अति नेपाल विकसित राष्ट्रका रुपमा रुपान्तरण हुने बताउनुभयो ।

यसका लागि एकिकृत प्रयास आवश्यक रहेको औल्याउँदै उहाँले नेपालको गौरबलाई स्थापित गर्न र विकासलाई तिब्र गतिमा लैजान शान्ति, शुसासन र स्थायित्व आवश्यक भएको भनाई राख्नुभयो ।

उहाँले चाँगुनारायण ईन्जिनियरिङ्ग कलेजको अनियमिततालाई नियन्त्रण गर्न र कलेजलाई सामुदायीक रुपमा संचालन गर्न सरकारले कार्य अगाडि बढाउने बताउनुभयो । कार्यक्रममा प्रतिनिधिसभा सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले भक्तपुरमा सरकारको शून्य लगानीमा हनुमन्ते सफाई अभियान सुरु भएको बताउदै जनताको सेवा गाउँ गाउँमा पुर्याउन पनि भक्तपुरले अभियान संचालन गरेको बताउनुभयो ।

चाँगुनारायणमा सञ्चालित एकिकृत घुम्ति शिविरमा २४ जना विशेषज्ञ चिकित्सक सहितको सबै प्रकारको स्वास्थ्य सेवा, नागरिकता, राहदानी, नाबालक परिचय पत्र, आदिवासी जनजाति प्रमाणपत्र, अपाङ्गता परिचय पत्र, ज्येष्ठ नागरिक परिचय पत्र वितरण र अन्य सबै सरकारी सेवाहरु प्रदान गरिएको नगर प्रमुख सोम प्रसाद मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…