Logo बैशाख ५, २०७८ आइतबार


सभापतिको भेला ‘बेमौसमको बाजा’

पुष्पराज अधिकारी

हेटौंडा । असन्तुष्ट जिल्ला सभापतिहरुको भेलाको बिषयलाई लिएर नेपाली कांग्रेसभित्र टकराव बढेको छ । जिल्ला सभापतिहरु संस्थापन पक्ष र इतर पक्षमा विभाजित भएका छन् । पार्टीभित्रका असन्तुष्ट जिल्ला सभापतिहरुको काठमाडौंको ठमेलस्थित काष्ठमाण्डव होटलको भेलाले त्यही प्रमाणित गरेको छ ।

नेपाली कांग्रेसको एक समूहले काठमाडौंमा बुधबारदेखि जिल्ला सभापतिहरुको भेला गरेकोमा नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले विरोध गर्नुभएको छ । नेता बानियाँले बुधबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी अहिलेको भेला ‘बेमौसमको बाजा’ भएको समेत बताउनुभयो । बारा र पर्सामा विपद्मा परिरहेकाहरुलाई के गर्न सकिन्छ भनेर सोच्नुपर्ने बेलामा देशभरका सभापतिहरुलाई दुःख दिने काम गलत भएको उहाँको भनाइ छ । नेता बानिँयाले जिल्ला सभापतिहरुको एकतालाई विथोल्ने र गुटको राजनीतिलाई प्रश्रय दिने काम नलाग्न शीर्ष नेतृत्वलाई आग्रह गर्नुभयो ।

उहाँले पार्टीका शीर्ष नेतृत्वलाई मर्यादित ढंगबाट आफ्नो असहमति केन्द्रीय कार्यसमितिमा राख्न र आगामी महाधिवेशनबाट आफ्ना मतलाई स्थापित गर्न सुझाव दिनुभयो । पार्टीको निर्णय अनुसार जिल्ला सभापतिहरुको हेटौँडामा भएको भेलाले विधानबारे आफ्नो धारणा दिईसकेको भन्दै जिल्ला सभापतिहरुको साझा राय विपरित नयाँ बिधान आउनु दुर्भाग्य हुने भएकाले विधान विपरितका गतिविधि गर्नु पनि गैरजिम्मेवार गतिविधि हुने बताउनुभयो ।

विधानमा अल्पमत र बहुमतको कुरा गर्ने नियमावली, अनुसाशन कमिटि सर्बसम्मत गर्ने अहिले पार्टि नेतृत्वको कारण जिल्ला सभापतिलाई मेरो र तेरो भनेर जुधाउने कार्य गलत भएको बताउनुभयो । सरकार बिरुद्ध बलियो प्रतिपक्षीको भुमिका निर्वाह गर्ने समयमा गुटउपगुटको भेलाले पार्टिलाई थप कमजोर बनाउँने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।