Logo बैशाख ६, २०७८ सोमबार


विप्लवका गाउँपालिका इञ्चार्जले गरे आत्मसमर्पण

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका खाँडादेवी गाउँपालिका इञ्चार्ज लोकबहादुर रानामगरले आत्मसमर्पण गरेका छन् । उनले बुधबार जिल्ला प्रशासन कार्यालय रामेछापमा आएर आत्मसमर्पण गरेका हुन् ।

पछिल्लो समयमा विप्लव समूहले राज्यविरुद्ध चालेको कदम र त्यस पार्टीले गरेका विभिन्न गतिविधिहरु आफूलाई सन्तोषजनक नलागेकाले आजैदेखि लागु हुने गरि पार्टी छोडेर आफू स्वतन्त्र बस्न चाहेको उनले बताए । जिल्ला प्रशासन कार्यालय रामेछापमा आएर मगरले आत्मसमपर्ण गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।  समाचार नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।