Logo बैशाख ६, २०७८ सोमबार


आईपीएल क्रिकेटः मुम्बईको जित, धोनी पत्नी साक्षी मैदानमा

काठमाडौं । इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधबार राती भएको खेलमा मुम्बई इंडियन्स विजयी भएको छ । मुम्बईले आफ्नो घरेलु मैदानमा चेन्नाई सुपरकिंग्सलाई ३७ रनले पराजित गर्यो ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । मुम्बईका लागि सुर्यकुमार यादव ५९, क्रुनाल पाण्ड्या ४२, रोहित शर्मा १३, क्विन्टन डिकक ४ र युवराज सिंह ४ रन बनाएर पेभेलियन फर्कदाँ हार्दिक पाण्ड्या २५ र करण पोलार्ड १७ रनमा अविजित रहे । बलिङतर्फ चेन्नाइका दीपक चहर, मोहित शर्मा, इमरान ताहिर, रवीन्द्र जडेजा र डुइन ब्राबोले समान एक–एक विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको चेन्नाई निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय ३३ रनमा समेटियो । चेन्नाईक लागि केदार जाधव ५८, सुरेश रैना १६, सेन वाट्सन ५, महेन्द्रसिंह धोनी १२, रवीन्द्र जडेजा १, डुइन ब्राबो ८, दीपक चहर ७ र अम्बाती राइडु बिना रन आउट हुँदा शार्दुल ठाकुर १२ र मोहित शर्मा बिना रन नटआउट रहे । बलिङतर्फ मुम्बईका हार्दिक पाण्ड्या र लासित मालिङ्गाले समान तीन–तीन र जसन ब्रेनड्रोफले दुई विकेट लिए ।

खेलको म्यान अफ द म्याच मुम्बई इंडियनन्सका हार्दिक पाण्ड्या भए । खेल हेर्नका लागि महेन्द्रसिंह धोनीकी पत्नी साक्षी पनि मैदान पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।