Logo बैशाख ६, २०७८ सोमबार


तेश्रोलिंगी छोराको बच्चा जन्माउन आमाले नै गरिन् गर्भधारण, जन्माइन् नातिनी

काठमाडौं । अमेरिकाको नेब्रास्काकी एक महिलाले आफ्नो तेश्रोलिंगी छोराको बच्चालाई जन्म दिएकी छन् । आफ्नो छोराका लागि उनले सेरोगेट आमाको भूमिका निर्वाह गर्दै आफ्नै नातिनीको जन्म दिएकी छन् ।

सेसिलको छोरा म्याथ्यू एलेन आफ्नो पति एलिअट डागर्टीको साथत बस्ने गर्थे । छोराले बच्चाको योजना बनाइरहेको थाहा पाएपछि आफ्नै आमाले सेरोगेट आमा बन्ने इच्छा व्यक्त गरिन् ।

आमाको उमेर अहिले ६१ वर्ष भयो । ‘शुरुमा मैले आफू सेरोगेट आमा बन्न लागेको कुरा सुनाउँदा धेरैले यो कुरा हाँसोमा उडाउँथे, तर मैले मेरो नातिनीलाई जन्म दिन सफल भएँ’ सेसिलले भनिन् ।

डाक्टरको सल्लाहबमोजिम सेरोगेट आमा बनेकी सेसिलको गर्भमा तेश्रोलिंगी छोरा म्याथूको स्पर्म र उनका पति एलिअटको बहिनीको अण्डाको मिश्रण राखिएको थियो ।

के हो सेरोगेट आमा ?
अरु कसैको भ्रुणलाई आफ्नो गर्भमा राखेर बच्चाको जन्म दिनुलाई सेरोगेट आमा भनिन्छ । यसो गरेबापत भ्रुण राख्न दिने आमा–बुबाले गर्भ बोक्नेलाई निश्चित रकम दिन्छन् । भारत लगायतका अन्य विकसित देशहरुमा यस सम्बन्धमा छुट्टै कानुन बनेको भएता पनि नेपालमा भने यो प्रक्रिया खासै चलनमा आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।