भक्तपुरमा भेटियो बर्डफ्लु, ३ हजार कुखुरा नष्ट

नारायण थापा
भक्तपुर । सूर्यबिनायक नगरपालिकामा बर्डप्लु भेटिएको छ । नगरपालिकाकाे वडा नम्बर ४ स्थित तर्खगाल उत्कृष्ट बहुउद्देस्सीय सहकारी कृषि फर्ममा बर्डफ्लु देखिएको हो । कृषि फार्ममा बर्डफ्लु भेटिएपछि २८ साता पुगेका २ हजार ९ सय ८५ कुखुरा मारिएको छ ।
फर्ममा कुखुरासहित १ सय पचास किलो दाना र अण्डा वैज्ञानिक तरिकाले नष्ट गरिएको पशु विद् डा.चन्द्र ढकालले जानकारी दिनुभयो । वरिष्ठ पशु विकास समितिका अधिकृत नारायणबहादुर श्रेष्ठको संयोजकत्वमा बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रमा रहेका फार्मका कुखुरा नष्ट गर्ने काम भएको हो ।
फर्मममा रहेका कुखुरा, दाना र अण्डा नष्ट गर्न पशु विकास समितिका अधिकृत नारायणबहादुर श्रेष्ठको टोली बिहीबार त्यहाँ पुगेको थियो । पशुविद् डा. ढकालका अनुसार चार किल्लाभित्रका कुखुरा नष्ट गरी खाडलमा पुरिएकोे छ । कृषि फर्म वरपर बर्डफ्लु नियन्त्रण गर्न किटनाशक औषधि प्रयोग गरिएको ढकालले बताउनुभयो ।