Logo बैशाख २, २०७८ बिहीबार


अर्थतन्त्र चलायमान बनाउँः पौडेल

काठमाडौं । अर्थविद् डा.विजयकुमार पौडेलले मुलुकको अर्थतन्त्र पूर्ण क्षमतामा चल्न नसकेको भन्दै त्यसलाई चलायमान गराउनुपर्ने बताउनुभएको छ । १५ औं पञ्चवर्षीय योजनाबारे राष्ट्रिय योजना आयोगले तयार पारेको आधार पत्रबारे मस्यौदामाथिको छलफल कार्यक्रममा आफ्ना राय सुझाव प्रस्तुत गर्दै अर्थविद् डा. पौडेलले भन्नुभयो, ‘अर्थतन्त्र बिरामी छ यसलाई हिंडाल्नुपर्यो । समाजवाद उन्मुख अर्थतन्त्रतिर जाने हो भने अर्थतन्त्रलाई पूर्ण क्षमतामा चलाउन सक्नुपर्यो ।’

त्यस्तै उहाँले योजना तयार गर्दा वर्ग विश्लेषण गर्नुपर्ने बताउनुभएको छ । वर्ग विश्लेषण गर्न नसक्दा विगतमा योजना कार्यान्वयनमा समस्या देखिएको भन्दै अर्थविद् डा.पौडेलले भन्नुभयो, ‘नेपाल सरकारले वर्ग विश्लेषण गर्नुपर्छ । कुन वर्गका लागि कुन विकास भनेर छुट्याउनुपर्छ ।’

त्यस्तै उहाँले समाजवाद उन्मुख नेपाली बजार अर्थतन्त्रको व्याख्या गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । डा. पौडेलले युवालाई विदेश जान नपर्ने, देशमै रोजगारी सिर्जना गर्न कृषिको उत्पादनमा सरकारले जोड दिनुपर्ने बताउनुभयो । उहाँले उत्पादित कृषि उत्पादनको बिक्रीको ग्यारेन्टी गर्ने हो भने धेरैले रोजगारी पाउने भन्दै त्यतातर्फ सरकारको जोड दिनुपर्ने बताउनुभयो ।

साथै शिक्षामा सुधार गरेर काम गर्नेलाई गरिखान दिने संस्कार लागू गरिनुपर्ने उहाँले भनाई छ । काम गर्नेलाई हतोत्साही नगर्ने हिसाबले सरकारले आफ्ना सबै क्रियाकलाप अगाडि बढाउनुपर्ने डा. पौडेलको सुझाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।