Logo बैशाख ५, २०७८ आइतबार


महिला प्रहरीकै अनुहारमा तेजाब फालियो

काठमाडौं । भारत दक्षिण एसियामै उदाउँदो शक्तिशाली राष्ट्र मानिन्छ । अर्थतन्त्रको हिसावले पनि बलियो बन्दै गएको भारतले सूचना प्रविधिमा पनि अस्वभाविक फड्को मार्दै गएको छ । मानवअधिकार, महिला शसक्तिकरण, सुशासन र शिक्षा स्वास्थ्यको पहुँचको हिसावले आफूलाई अब्बल दर्जामै उभ्याउछ भारत । तर भारतमै यस्ता घटना हुन्छन्, जुन हामी सहजै विश्वास गर्न सक्दैनाैं ।

उत्तर प्रदेशको मथुरा जिल्लामा यस्तै घटना भएको छ । सुरक्षामा खटिएकी एक महिला प्रहरीको अनुहारमा अज्ञात समूहले तेजाब आक्रमण गरको छ । तजाब प्रहारबाट २५ वर्षीय सुरक्षाकर्मी निलम गम्भीर घाइते भएकी छन् । अनौठो प्रसंग के छ भने प्रहरीकै अनुहार तेजाब छर्केर अज्ञात समुह भाग्न सफल भएको छ । प्रहरीले अझै अज्ञात समूहलाई पक्राउ गर्न सकेको छैन । एसिड आक्रमणबाट गम्भिर घाइते महिला प्रहरीको आगरामा उपचार भइरहेको छ । भारतको सुरक्षा संयन्त्र र सुशासनको अवस्था कति कमजोर छ भन्ने यो घटनाले छर्लङ्गै पारिदिएको छ ।

कसरी भयो तेजाब आक्रमण

प्रहरीका अनुसार बिहिबार बिहान करिब ५ बजे श्रीकृष्ण जन्मभूमिमा सुरक्षार्थ खटिएकी निलम ड्यूटी सकेर दामोदरपुर क्षेत्रहँुदै घर जाँदै थिइन । त्यही मौका छोपेर अज्ञात युवकले निलमका अनुहारमा तेजाब खन्याएर भाग्यो ।

जनताको सुरक्षार्थ खटिएका प्रहरी नै सुरक्षित छैनन् भने सामान्य जनताको सुरक्षाको अवस्था कति दयनीय होला ? उदाउँदो अर्थतन्त्रमा प्रवेश गर्नुअघि उत्तर प्रदेशको दामोदरपुरजस्ता गाउँमा पुग्ने कि मोदी जी ।

(एजेन्सीकाे सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।