Logo बैशाख १, २०७८ बुधबार


भेरी बबै सुरुङ निर्माण सकियो

विष्णु कुमार शाही
सुर्खेत । कर्णाली प्रदेशमा रहेको भेरी बबै ड्राईभरसन सुरुङग निर्माण कार्य एक वर्ष पहिले नै सम्पन्न हुने भएको छ ।

निर्माण कार्य शुरु भएको चार बर्षमा सक्नुपर्ने लक्ष्यका साथ २०७३ साल कार्तिक महिनामा निर्माण कार्य शुरु गरिएको सुरुङग निर्माण कार्य एक बर्ष पहिले नै सकिन लागेको हो । सुरुङ मार्गको १२ हजार २ सय १० मिटर लम्बाई रहेको भेरी बबै ड्राइभर्सन सुरुङग मार्गको हालसम्म ११ हजार ९ सय ४४ मिटर निर्माण कार्य सम्पन्न भइसकेको छ । बाँकी २ सय ६६ मिटर सुरुङ मार्ग यसै चैत्र महिना भित्रै सकिने भेरी बबै ड्राइभर्सन सुरुङ मार्ग आयोजनाका निर्देशक सन्जीब बरालले जानकारी दिनुभयो ।

टन्डेल बोरीङ मेसिन प्रयोग गरि नेपालमै पहिलो पटक सुरुङ निर्माण रहेको सिचाई विभागले जनाएको छ । ३३ अर्ब १९ करोड लागतको सुरुङ निर्माण कार्यमा ७ खर्ब खर्च भइसकेको आयोजनाले जनाएको छ । सुरुङ निर्माणको काम अन्तीम चरणमा पुगेसँगै पहिलो बाध र विद्युत गृह निर्माण प्रकृया अगाडि बडिसकेको छ ।

आउदो आर्थिक वर्ष २०७८/२०७९ सम्ममा बाके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिचाई योजना पुगाउने आयोजनाको लक्ष्य छ । आयोजनाले हात्तीखालमा विद्युत गृह बनाए्र ४८ मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य समेत लिउको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…