Logo बैशाख २, २०७८ बिहीबार


सुर्ति खाएर एक दिनमै ६० जनाको मृत्यु

प्रमोदकुमार शाह
धनुषा । मुलुकमा सुर्ति सेवनबाट दैनिक करिव ६० जनाको मृत्यू हुने गरेको छ । सुर्ति खाएर दिनह ५० देखि ६० जनाले जीवन गुमाउने गरेको एक तथ्यांकले देखाएको छ ।

स्वास्थ्य पत्रकार मंच र एक्सन नेपालको संयुक्त आयोजनामा जनकपुरधाममा बिहीवार आयोजना गरिएको कार्यक्रममा नेपालमा वर्षेनि २७ हजार १ सय ३७ व्यक्तिको मृत्यु सुर्तिजन्य पदार्थको सेवनबाट हुने गरेको तथ्यांक सार्वजनिक गरिएको हो । विश्वव्यापीरुपमा ७० लाख व्यक्ति वर्षेनी सुर्ति सेवनबाट मृत्यु भइरहेको छ ।

नेपालमा सुर्तिजन्य पदार्थ सेवन गर्ने भन्दा त्यसको प्रभावमा पर्ने को संखया ४८ प्रतिशत रहेको छ । अर्थात मुलुकको एक तिहाई जनसंख्या सेवन नगरेपनि सुर्तिजन्य पदार्थको चपेटामा रहेको छ । त्यसैगरि नेपालमा १३ खेखि १५ उमेर समुहका ७ प्रतिशत भन्दा बढिबालबालिका सुर्ति सेवन गर्दै आएको डरलाग्दो तथ्यांक सार्वजनिक गरिएको छ ।

विश्वव्यापी तुलनामा नेपालमा धनि भन्दा बढि गरिव व्यक्ति सुर्तिजन्य पदार्थको सेवन गरिरहेको र त्यसमा सवैभन्दा बढि सेवन गर्नेको संख्या प्रदेश नं २ मा रहको तथ्य सार्वजनिक गरिएको छ । सुर्तिजन्य पदार्थ सेवन गर्नेको संख्या घटाउनका लागी पहल नगरिएको पनि होइन यसका लागि विश्वका १ सय ८० देशले प्रयास गर्दै आएको छ । टोबाको युजरलाई घटाउनका लागि नेपाल सरकारले टोवाको वटटामा ९० प्रतिशत देखिने गरि चेतावनीको चित्र राख्नुपर्ने निर्णय गरेपछि सेवन गर्नेमा केहि कमी आएको देखिएको छ । चेतावनी अंकित चित्रका कारण नेपालमा ५५ प्रतिशत सेवन गर्नेमा कमी भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

कार्यक्रममा प्रदेश नं २ का समाजीक विकास मन्त्री नवल किशोर साहले सुर्तीजन्य पदार्थको सेवनमा कमी ल्याउनका लागि सामुहिक प्रतिवद्धता आवश्यक रहेको वताउनुभयो । उहाँले सुर्तिजन्य पदार्थबाट हानी हुने सबैलाई थाहा हुँदा हँुदै पनि जानी जानी सेवन गर्दै आएको बताउँदै भन्नुभयो, ‘अहिले प्रतिष्ठा बढाउनका लागि पनि यसको सेवनकर्तामा वृद्धि भईरहेको छ ।’ उनले प्रदेश २ मा यस्ता पदार्थ सेवन बन्दका लागि छिटै नै संसदबाट कानुन पास गराउने प्रतिवद्धता समेत जनाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…