Logo बैशाख ६, २०७८ सोमबार


घोडेजात्रा मनाइँदै


काठमाडौं । काठमाडौं उपत्यकामा आज परम्परागत घोडेजात्रा मनाइँदै छ । घोेडेजात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा आयोजना गर्ने घोडा दौडसम्बन्धी विशेष कार्यक्रम अवलोकनका लागि राष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्ति उपस्थित हुने परम्परा छ ।

चैत्र कृष्णपक्षको औँसी तिथिमा मनाइने यस जात्रामा भद्रकाली पीठमा लिङ्गो ठड्याई, कंकेश्वरीको पूजाआजापछि नेपाली सेनाको रिसल्लसहितको एक टुकडीबाट रेवन्त पीठमा विशेष पूजा गरिन्छ । यो पूजापछि टुँडिखेलमा सेनाले घोडा कुदाएर अश्वकला, मोटरसाइकल कला शारीरिक व्यायाम तथा युद्धकौशल प्रदर्शन गर्दछ । यस अवसरमा घोडेजात्रा अवलोकन गर्न टुँडिखेल वरिपरि ठूलो संख्यामा सर्वसाधारणको भीड लाग्ने गर्दछ ।

जनकथन अनुसार, गुरुमापा नामको राक्षसले उपत्यकाको एउटा ठूलो चौरमा बसेर बालबालिकालाई खाने गरेको थाहा पाएपछि स्थानीयले जुक्ति गरी उसको संहार गरेछन् । तर गुरुमापाको मृतआत्मा तुण्डीले टुँडिखेलको दक्षिणपूर्वी किनारको रुखमुनि बसेर फेरि बालबालिकालाई दुःख दिन थालेपछि त्यहाँ घोडा कुदाई तुण्डीलाई टापले कुल्चेर भगाउने उपाय गरिएको घटनालाई आज परम्परागत घोडेजात्राका रुपमा मनाउने गरेको किम्वदन्ती छ । अहिलेसम्म पनि टुँडिखेलको दक्षिण पूर्वी किनारमा रहेको रुखमुनि तुण्डीलाई खानेकुरा राखिदिने चलन छ ।

नेपाली सेनाको रणकौशल, सैन्यक्षमता झल्काउने यो जात्रा सैनिक सामथ्र्य प्रदर्शनको पर्व पनि भएको चर्चा गरिन्छ । यसैगरी ललितपुरको बालकुमारीमा पनि आजै एउटा घोडा कुदाएर परम्परागत घोडेजात्रा मनाइन्छ । फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस्
विशेष

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…