Logo बैशाख ५, २०७८ आइतबार


आईपीएल : दिल्लीको लगातार दोश्रो हार, सन्दीपको एक विकेट

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स सनराइजर्स हैदराबादसँग ५ विकेटको पराजित भएको छ ।

बिहिबार राति भएको खेलमा जितसँगै चार खेलबाट ८ अंक बनाएको हैदराबाद अंकतालिककाको शीर्षस्थानमा छ । प्रतियोगितामा पाँच खेल खेलेको दिल्लीको यो लगातार दोस्रो हार हो । दिल्ली यसअघि किंग्स ११ पञ्जावसँग पराजित भएको थियो ।

दिल्लीले दिएको १ सय ३० रनको लक्ष्य हैदराबादले इनिङको ९ बल बाँकी छँदै पूरा गर्योे । हैदराबादका ओपनर जोनी बेरिस्टो र डेभिड वार्नरले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेपछि जितको आधार बनेको थियो । बलिङतर्फ दिल्लीका सन्दीप लामिछाने, कागिसो रावाडा, अक्सर पटेल, इशान्त शर्मा र राहुल तेवाटियाले एक एक विकेट लिए ।

यसअघि फिरोज साह कोट्ला मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय २९ रनको सामान्य योगफल तयार पारेको थियो । दिल्लीका कप्तान श्रेयस आयरले सर्वाधिक ४३ रन बनाएका थिए । अन्यले अपेक्षाअनुसार रन बनाउन सकेनन् ।

ओपनर पृथ्वी श ११, शिखर धवन १२ रनमै आउट भएका थिए । अन्त्यतिर क्रिस मोरिसले १७ र अक्षर पटेलले २३ अविजित रन बनाएपछि दिल्लीको १ सयको स्कोर पार गरेको हो । अक्षरले अन्तिम ओभरमा २ छक्का र १ चौका प्रहार गरेका थिए ।

दिल्लीका ५ जना ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । बलिङतर्फ हैदराबादका लागि मोहम्मद नाभी, भुवनेश्वर कुमार र सिद्धार्थ कोउलले दुई दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।