नाली खन्दा भत्कियो घर (भिडियो)

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–४ उपल्लो बजारमा नाली खन्नेक्रममा घर भत्किएको छ ।
बिहीबार दिउँसो ४ः५० बजे नाली खन्नेक्रममा रमेश कार्कीको दुई तले कच्ची घर भत्किएको प्रहरी निरीक्षक धुर्व शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार मानीवय क्षति नभएपनि भाडाकुडा, लत्ताकपडा लगायतका सामान पुरिएका छन् ।
दिउँसोको समय भएकाले मानीवय क्षति हुन पाएन निरीक्षक शर्माले भन्नुभयो, ‘क्षतिको विवरण संकलनका लागि प्रहरी घटनास्थलमा गएको छ । प्रहरीको मुचुल्का आएपछि यकिन हुन्छ ।’
नाली खन्नेबेला सावधानी नअपनाउँदा घर भत्किएको स्थानीयको भनाई छ । पीडित परिवारले क्षतिपूर्तिको माग गरेका छन् ।
हेर्नुहाेस् भिडियाे