Logo बैशाख २, २०७८ बिहीबार


३८ खर्ब लिएर सम्बन्धविच्छेद !

काठमाडौं । संसारका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस र उनीकी श्रीमती मक्केन्जको सम्बन्धविच्छेद भएको छ । सम्बन्धविच्छेदका लागि जेफले उनका श्रीमतीलाई ३५ बिलियन अमेरिकी डलरतिर्ने भएका हुन् । लगभग नेपाली ३८ अर्ब रुपैयाँमा सम्बन्धविच्छेदका लागि उनीहरु सहमति भएको बिवबिसीले जनाएको छ ।

२५ वर्ष लामो सम्बन्धमा रहेका उनीहरु केही समय पहिले संसारकै सबै भन्दा महंगो सम्बन्ध विच्छेद गर्ने सूचीमा परेका छन् । सम्बन्ध विच्छेद भएपनि मक्केन्जीसँग जेफले स्थापना गरेको अनलाइन किनमेल कम्पनी एमेजनको चार प्रतिशत शेयर रहनेछ ।

यसअघि सबैभन्दा महँगो पारपाचुके कलाव्यापारी एलेक विन्डेन्स्टेन र उनकी पत्नी जोस्लिनबीच ३ दशमलब ८ बिलियन डलरको (लगभग)चार खर्ब २० अर्ब नेपाली रुपैयाँ थियो। मक्केन्जीले सहमतिबारे आफ्नो पहिलो र अहिलेसम्मको एकमात्र ट्वीटमा जानकारी दिएकी हुन्। उनले ट्वीट गर्दै सम्बन्धविच्छेदको लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।

जेफ बेजोसँग मक्केन्जीको १६.३ प्रतिशत सेयर थियो जसको ७५ प्रतिशत अझैपनि उनीसँगै रहनेछ र मक्केन्जीले आफ्नो शेयरको मताधिकार पूर्वपतिलाई दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।