Logo बैशाख २, २०७८ बिहीबार


प्रहरी महानिरीक्षक खनाल फ्रान्स प्रस्थान


काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बिहिबार फ्रान्सको लियोन प्रस्थान गर्नुभएको छ । महानिरीक्षक खनाल चैत २६ देखि २८ गतेसम्म फ्रान्समा संचालन हुने इन्टरपोलको १५औं सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

प्रहरी महानिरीक्षक खनाललाई वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामनासहित बिदाई गर्नुभयो । सम्मेलनमा सुरक्षा प्रमुखहरुसँगको अन्तरक्रियाबाट अपराध नियन्त्रणको रणनीतिका र सहकार्यको लागि छलफल हुनेछ ।

इन्टरपोल महासचिवालयको आयोजनामा प्रत्येक वर्ष सम्मेलन संचालन हुने गरेको छ । यस वर्षको सम्मेलनमा इन्टरपोलका सम्पूर्ण १ सय ९४ सदस्य राष्ट्रका प्रतिनिधि सहभागी हुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…